निगमले मूल्य वृद्धि फिर्ता नलिने भएपछि विद्यार्थीले आन्दोलन चर्काउने | Khabarhub Khabarhub

निगमले मूल्य वृद्धि फिर्ता नलिने भएपछि विद्यार्थीले आन्दोलन चर्काउने


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगम र संयुक्त विद्यार्थी संगठनहरुबीचको वार्ता असफल भएको छ । निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि फिर्ता नगरेसम्म आन्दोलन थप चर्काउने विद्यार्थी नेताहरुले बताएका छन् ।

वार्तापछि संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नेपाल आयल निगमले बारम्बार पेट्रोलियम पदार्थको मूल्य समायोजनका नाममा जनताको ढाड सेकेको बताउँदै पछिल्लो समयमा बढाइएको मूल्य नघटाए कडा आन्दोलन गर्ने चेतावनी दिएकी छन् । अत्यधिक मूल्य वृद्धि गर्दापनि घाटा भयो भन्ने कुरा हास्यास्पद भएको बताउँदै अध्यक्ष सिंहले भनिन्, “भारतबाट ८३ रुपैयाँमा खरिद गरेर नेपालमा १ सय ३६ मा बिक्री गर्दा पनि अझै घाटा भयो रे कसले पत्याउने ?”

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले मन्त्रालयमा भएको वार्तामा आफूहरुले निगम व्यवस्थापन समिति असफल भएकोले बर्खास्त र वृद्धि भएको मूल्य खारेज गर्नुपर्ने माग राखेको जानकारी दिइन् ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले व्यक्ति मोटाउने र जनता चुस्ने उपमाको रुपमा आयल निगम भएको बताए । आफ्नो संगठन सम्पूर्ण विद्यार्थी संगठनहरुसँग हातेमालो गरेर वृद्धि भएको मूल्य खारेजी अभियानमा लाग्ने बताए ।

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आफ्नो पार्टी पनि सत्तामा भए पनि उसले गर्ने राम्रो कार्यलाई साथ र जनतालाई पेल्लने कार्यमा विरोध गर्ने धारणा राखे । उनले नेपाल आयल निगममा व्यापक भ्रष्टाचार भइरहेको र त्यसलाई छानविन गर्नु पर्ने पनि बताए । अध्यक्ष पराजुलीले मुल्य फिर्ता नभए कडा भन्दा कडा आन्दोलन गर्ने बताए ।

कार्यक्रममा निगमका प्रवक्ता विनितमणि उपाध्यायले पेट्रोलियमको मूल्य वृद्धि नगरेर समायोजन गरेको र निगम चरम संकटमा पर्दै गएकाले आफूहरुले एक महिनामा २ पटक मूल्य समायोजन गर्नुपरेको बताए । उनले पहिले १० रुपैयाँसम्म मूल्य घटाएर मूल्य समायोजनको दृष्टान्त दिँदै उपाध्यायले भने, “वृद्धि गरेको विषयलाई मात्रै नभएर विगतमा ठूलो अंकले मूल्य घटाएको विषयलाई पनि हेरिदिन आग्रह गर्दछु ।”

आयल निगम घाटामा भएको विषय त दुनियाँको कुनै पनि ठाउँमा गएर पुष्टि हुने र पेट्रोलियम पदार्थ स्वदेशी नभएर पूर्णरुपले विदेशमा निर्भर रहनुपर्ने भएकाले आफूहरुको काबुमा नरहेको समेत प्रवक्ता उपाध्यायले बताए । उनले भने, “यही अवस्थामा हामी घाटामा रहिरहने हो भने निगम टाट पल्टेर पाँच दशक बढी लामो इतिहास बोकेको संस्था सकिन बेर लाग्ने छैन् ।”

कार्यक्रममा उपाध्यायले अहिले पेट्रोलमा १७, डिजेलमा १३ र एलपी ग्याँसमा ६ सय ५७ रुपैँया घाटा भइरँहादा माशिक ५ अर्ब २० कारोड घाटा भइरहेकाले मूल्य समायोजनको विकल्प नरहेको बाताएका छन् ।

आन्दोलनरत विद्यार्थी संगठनका नेताहरु र निगम पदाधिकारीबीच दिउँसो उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा तीन घण्टा मालो र्वार्ता भएको थियो । तर, दुबै पक्ष आआफ्नो अडानका कारण वार्ता सफल हुन सकेन ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ९ : १५ बजे

शावित्राको आँशु : बहुविवाह गर्ने प्रहरीलाई कारबाही होस्

काठमाडौं – प्रहरी परिसर भक्तपुरमा कार्यरत भरत बस्नेतले बहुविवाह गरेको

व्यावसायिक अकबरे खुर्सानीखेती फस्टाउँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी

रातो खुर्सानीले सजिएको खोकना (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष साउन महिनामा ललितपुरको खोकना रातो खुर्सानीको घुम्टो

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । 

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ– मध्यपहाडी लोकमार्गअन्तर्गत मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा सुक्खा पहिरो