श्री राज देवीले ल्यायो नँया किटाणुनाशक उत्पादन नेपाली बजारमा « Khabarhub

श्री राज देवीले ल्यायो नँया किटाणुनाशक उत्पादन नेपाली बजारमा


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्री राज देवी इन्टरनेशनल प्रालिले नेपाली बजारमा भोलाभेला नामक नँया किटाणुनाशक उत्पादन नेपाली बजारमा बिक्रि वितरण आरम्भ गरेको छ।

रसियास्थित जेएससी कन्सर्न ग्र्यानीटद्वारा उत्पादित भोलाभेला कोरोना, सार्स, हेपाटाइटिस ए, बी, सी, इको र एचआईभी जस्ता विभिन्न खतरनाक किटाणुहरु विरुद्ध अत्यन्त प्रभावकारी रहेको वैज्ञानिक रुपमा पुष्टि भइसकेको छ। विशेष भौतिक रसायनिक गुणहरु भएको यस उत्पादनले यस्ता किटाणुहरुबाट मानव स्वास्थ्यलाई सुरक्षित राख्ने कम्पनीले दाबी गरेको छ ।

अत्यन्त न्यून एलर्जीको सम्भावना भएको भोलभेल कुनै पनि वस्तुको माथिल्लो सतह, लुगा, मास्क र छालामा प्रयोग गर्न सकिन्छ। यसैगरी, सार्वजनिक स्थान, कार्यालय, सवारी साधन, अस्पताल, शैक्षिक संस्था इत्यादि लाई किटाणुहरुबाट सुरक्षित राख्न यो निकै उपयोगी छ।

नेमाउकस्टिक नोजलको विशेषताले सम्पन्न भोलभेल प्रयोग गर्दा हानिकारक रसायनले स्वासप्रस्वासको माध्यमबाट प्रयोगकर्ताको स्वास्थ्यमा नकारात्मक असर पार्ने सम्भावना निकै कम हुन्छ।

‘विगत २ वर्षदेखि नेपाललगायत विश्वका धेरै मुलुकहरु कोरोना महामारीबाट पीडित भइरहेका छन्। यसै सन्दर्भमा अल्कोहलमुक्त भोलभेलले यस कीटाणुबाट चौबिसै घण्टा सुरक्षा प्रदान गर्दछ,’ श्री राज देवी इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक पवन कुमार गर्गले भने, ‘नेपाली उपभोक्ताहरुको स्वास्थ्यलाई कोरोना महामारीबाट प्रभावकारी रुपमा सुरक्षित राख्ने ध्येयले हामीले यस उत्पादन नेपालमा भित्र्याएका हौँ ।’ यो उत्पादन नेपाल ल्याउनका लागि नेपालस्थित रसियन दुतावासको सहयोग रहेको छ । धेरै वर्षपछि नेपाल र रसियाको सिधा व्यापारिक सम्पर्क सुरु भएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ९ : ३२ बजे

भोटेकोशी बाढी : शव पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौं– भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले

बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बागेश्वरी माध्यमिक

भोटेकोसी पहिरो : सडकको अवरोध हटाउँदै केरूङबाट १ किलोमिटर नजिक आइपुग्यो चिनियाँ टोली

तिब्बत- चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गत बुधबार आएको

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं– आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

चीन, इरान र रूससहितका नेता एससीओ शिखर सम्मेलनका लागि किर्गिस्तानमा

किर्गिस्तान– चीनका राष्ट्रपति सी जिनपिङ र इरानका राष्ट्रपति मसूद पेजेस्कियान