कञ्चनपुर २ बाट एमाले महाधिवेशन प्रतिनिधि को-को ? (नामसहित) « Khabarhub

कञ्चनपुर २ बाट एमाले महाधिवेशन प्रतिनिधि को-को ? (नामसहित)


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – नेकपा (एमाले) कञ्चनपुरले निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधिको टुंगो लगाएको छ । प्रतिनिधिका उम्मेदवारले नाम टुंगो लगाउने जिम्मा पार्टी नेतृत्वलाई दिएकोमा लामो छलफलपछि टुंगो लागेको छ ।

महाधिवेशन प्रतिनिधिमा सांसद नरबहादुर धामी, राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष वचनबहादुर सिंह, बेदकोट नगरपालिका मेयर अशोक चन्द र जिल्ला उपसचिव रणबहादुर महराको नाम टुंगो लागेको छ ।

महिलातर्फ जिल्ला उपाध्यक्ष लक्ष्मी बुढा र चाँदनी धामीको नाम टुंगो लागेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिनिधि खुलातर्फ नरबहादुर धामी, वचनबहादुर सिंह, अशोककुमार चन्द, कृपाराम राना, टेकबहादुर हमाल, रणबहादुर महरा, जयराज पाण्डेय, रामसिंह धामी, विष्णुदत्त जोशी, मोहन रावल, हिक्मतबहादुर सिंह, लोकेन्द्र विष्ट, रमेश भट्टले उम्मेदवारी दिएका थिए ।

यसअघि कञ्चनपुर ३ मा सहमतिबाट र कञ्चनपुर १ मा चुनावबाट प्रतिनिधि चयन भइसकेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ८ : २० बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी