प्रदेश नम्बर-१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै « Khabarhub

प्रदेश नम्बर-१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बन्दका कारण हिजो विश्वासको मत लिन नपाएका प्रदेश नम्बर-१ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन्।

त्यसका लागि प्रदेशसभा बैठक बिहान ११ बजे बोलाइएको छ। राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए।

हिजो नेपाल बन्दका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपस्थित हुन नसक्ने बताएपछि बैठक स्थगित गरिएको थियो।

पाँच दलीय गठबन्धनमा ५० सांसद रहेकाले मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गर्ने सम्भावना धेरै छ।

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा विश्वासको मत पाउन ४६ सांसद आवश्यक हुन्छ।

उनी पाँच दलीय गठबन्धनको समर्थनमा यहि कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ८ : ४८ बजे

जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी

भोटेकोशी बाढी : शव पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौं– भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले

बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बागेश्वरी माध्यमिक

भोटेकोसी पहिरो : सडकको अवरोध हटाउँदै केरूङबाट १ किलोमिटर नजिक आइपुग्यो चिनियाँ टोली

तिब्बत- चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गत बुधबार आएको

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं– आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित