राजीनामा दिन बारले प्रधानन्यायाधीशलाई दियो तीन दिनको अल्टिमेटम « Khabarhub

राजीनामा दिन बारले प्रधानन्यायाधीशलाई दियो तीन दिनको अल्टिमेटम

अबको आन्दोलन अदालत केन्द्रित बनाउने चेतावनी


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ ।

‘शान्तिपूर्ण आन्दोलन गरिरहेका कानून व्यवसायीलाई दंगा प्रहरी लगाएको छ । यो तत्काल हटाइयोस्,’ बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘तीन गतेसम्म पनि राजीनामा नआए देशभरका न्यायपालिकामा आन्दोलनलाई थप सशक्त बनाउँछौ ।’

बुधबार बारको कार्यालय परिसरमा उनले राजीनामा मात्रै होइन बिकृती नहट्दासम्म आन्दोलन जारी रहने बताए ।

प्रधानन्यायाधीश राणासँग व्यक्तिगत नभएर न्यायालयमा विकृति ल्याएकाले आन्दोलित हुनुपरेको उनले बताए । राणाले सेवाग्राहीलाई सेवा पाउनबाट वञ्चित गरेको उनको आरोप छ ।

प्रधानन्यायाधीश राणाले जारी गरेको विज्ञप्ति आँखामा धुलो हाल्न ल्याइएको बारको ठहर छ । ‘न्याय किनबेच हुनुहुँदैन भनेर हामी आन्दोलनमा छौँ। न्यायालयको शीर निहुरिइरहेको छ,’ उनले भने ।

प्रधानन्यायाधीश राणाले गरेका सबै विवादास्पद फैसलाबारे अब बारले अध्ययन गर्ने पनि उनले बताए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ११ : ४८ बजे

वाणिज्य बैंकहरूको ५ वर्षको रेटिङ रिपोर्ट : स्ट्याण्डर्ड चार्टर्डको ‘ट्रिपल ए’ रेटिङ कायमै, केहीको साखमा गिरावट

काठमाडौं– नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपालका प्रमुख वाणिज्य

प्राचीन धर्मग्रन्थ संकलन गर्दै धार्मिक पुस्तकालय

बागमती– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटस्थित संस्कृत वेद विद्यालयमा

विधि विज्ञान प्रयोगशाला प्रमुखका लागि स्नातकोत्तर अनिवार्य गर्ने सहमति

काठमाडौं– राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदमा नियुक्त हुन

पूर्वी चीनमा टाइफुन कमजोर भए पनि यातायात प्रभावित

बेइजिङ- टाइफुन ‘डल्फिन’ कमजोर हुँदै गए पनि पूर्वी चीनमा सोमबार भारी

नौ अफगान निजी विश्वविद्यालयको इजाजतपत्र खारेज

काबुल- अफगानिस्तानको तालिबान प्रशासनले शैक्षिक मापदण्ड उल्लङ्घन, प्रशासनिक कमजोरी तथा अभिलेखमा