कांग्रेस अधिवेशन: रसुवामा दुई गाउँपालिकाको कागजात चोरी « Khabarhub

कांग्रेस अधिवेशन: रसुवामा दुई गाउँपालिकाको कागजात चोरी


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– कांग्रेसको १४औं अधिवेशनअन्तर्गत रसुवामा भएको अधिवेशनमा असन्तुष्ट जनाउँदै एक पक्षले दुई वटा गाउँपालिकाको सम्पूर्ण कागजपत्र चोरेर लगेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय धुन्चेमा बुझाएको उत्तरगया र कालिका गाउँपालिकाको सम्पूर्ण फाइल चोरेर लगेका हुन् ।

सदरमुकाम धुन्चेस्थित एक होटलको कोठामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयको झ्याल फुटाई फाइलिङ गरेर राखिएको कालिका र उत्तरगया गाउँपालिकाका सबै वडाका कागजात बुधबार बिहान चोरी भएको सहायक निर्वाचन अधिकृत जनक सिंह साउदले बताए ।

बिहान करिब ६ बजेदेखि ७ बजे फाइलिङ गरेर राखेको फाइल चोरी भएको उनले बताए । ‘कोठामा सबै लक गरेर चिया पिउन होटलमा उक्लिएको थिए, चिया पिएर तल कोठामा गई ढोका खोल्दा झ्यालको सिसा फुटाएर कालिका र उत्तरगया गाउँपालिकाको सबै वडाको सम्पूर्ण कागजात चोरिएको रहेछ ,’ उनले भने ।

फाइल चोरी हुनुअघि बिहान ५ बजेतिर केन्द्रीय निर्वाचन समितिसँग छलफल गर्नुपर्ने भन्दै निर्वाचन अधिकृत सुमनकुमार केसी काठमाडौँ‌ गएका थिए । केसी काठमाडौँ जानु र चोरी हुनुमा निर्वाचन अधिकृतको हात रहेको आशंका गरिएको छ । काठमाडौँ जाँदै गरेका उनलाई जिल्लामा ल्याउँदै गरेको स्रोतले जनाएको छ ।

जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न गराउन निर्वाचन अधिकृत सुमनकुमार केसी र सहायक निर्वाचन अधिकृत जनक सिंह साउद केन्द्रबाट आएका हुन् । सदरमुकाम धुन्चेको होटलमा बसेर उनीहरुले अधिवेशनका सबै काम गरिरहेका थिए ।

उनीहरूले वडा वडाको अधिबेशन सम्पन्न गराउन जिल्लाको २७ वटै वडामा शिक्षक संघका शिक्षकहरूलाई मतदान अधिकृतको रुपमा खटाएका थिए । वडा अधिवेशनको क्रममा पठाएका मतदान अधिकृतले एकलौटी ढंग काम गरेको भन्दै आफुहरूको सहमति नरहेको र क्षेत्रीय प्रतिनिधि चयनसम्बन्धी बिमति रहेको भन्दै उजुरी प्राप्त भएको सहायक निर्वाचन अधिकृत साउदले बताए ।

जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर १, उत्तरगया गाउँपालिका वडा नम्बर २, ३ र ५ मा अधिवेशनमा एकलौटी गरेको भन्दै उजुरी आएको उनले बताए ।

सहायक निर्वाचन अधिकृत साउदले शान्ति सुरक्षा पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय रसुवासँग माग गरेका छन् । घटनाबारे आवश्यक अनुसन्धान प्रक्रियाअघि बढाएको प्रहरीले जनाएको छ । कागजात चोरीमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

जिल्लामा कांग्रेसको तीन हजार नौ सय ६४ क्रियाशी सदस्यको नामावली सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  २ : १२ बजे

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न

भोटेकोशी बाढी : चीनको सीमाक्षेत्रबाट बगेका शव भारतसम्मै पुगे !

काठमाडौं – रसुवामा बाढी आएको पाँच दिनपछि पनि भारतमा लास

बाढीको छ दिनपछि पनि त्रिशूली बजारमा उस्तै छ विनाशको पीडा (तस्बिरहरू)

नुवाकोट- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको छ दिनपछि पनि