२८४ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

२८४ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८४ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २२४ कोरोना संक्रमितको आईसीयूमा र ६० को भेन्टिलेटरमा गरी कुल २८४ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २९ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा २ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ११५ जना आईसीयूमा र ३१ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ५९ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १६ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा ३ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : ०० बजे

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति छोटिँदै

छैठौँ विकेट गएपछि इटालीविरुद्ध संकटमा नेपालको ब्याटिङ

काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु

दार्चुलाको नागूमा खाद्यान्न ढुवानी सुरु, मूल्यलाई लिएर स्थानीय असन्तुष्ट

दार्चुला– सडक सञ्जालले नजोडिएको दार्चुलाको नौगाड गाउँपालिका–१ को नागूक्षेत्रमा सरकारले

इटालीविरुद्ध दबाबमा नेपालको ब्याटिङ

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु

महाधिवेशनमा गुट चलाएकी पूर्वराष्ट्रपति विद्या निर्वाचनमा मौन

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादवी भण्डारी चुनावको मुखमा