पाँच न्यायाधीश पनि अब इजलासमा नबस्ने « Khabarhub

पाँच न्यायाधीश पनि अब इजलासमा नबस्ने


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै इजलास बहिस्कार गरेका मध्ये इजलासमा फर्किएका ५ जना न्यायाधीशहरु अब भने राजीनामा नआएसम्म इजलासमा नबस्ने भएका छन् ।

सर्वोच्च अदालतका ५ जना न्यायाधीश मंगलबार र बुधबार इजलासमा बसेका थिए । उनीहरुसँग बुधबार नेपाल बार एशोसिएशनले गरेको छलफलपछि उनीहरु पनि अब इजलासमा नबस्ने निष्कर्षमा पुगेका हुन् । सबै खाले मुद्दा नहर्ने निष्कर्षमा आफूहरु पुगेको एक न्यायाधीशले बताए । उनका अनुसार बारले बुधबार बोलाएको छलफलमा सबै न्यायाधीशहरुले आ–आफ्नो धारणा राखेका छन् ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी, कुमार रेग्मी र कुमार चुडाल इजलासमा नबस्ने भएका हुन् । बाँकी न्यायाधीशहरुले भने सुरुदेखि नै इजलास बहिस्कार गरिरहेका छन् ।

अन्य न्यायाधीश र बारको बिचारभन्दा आफूहरुको विचार फरक रहेको पाँचमध्येका एक न्यायाधीशले बताए । उनले भने, ‘यो कुरा बार र अन्य न्यायाधीशहरुले पनि बुझिसकेका छन् । हामीहरुले बारलाई आफ्नो आन्दोलन सफल पार्न जे गर्नुहुन्छ गर्नुहोस् भनेका छौँ ।’

छलफलमा बारका पदाधिकारीहरुले प्रधानन्यायाधीशको राजीनामा नै बटमलाईन रहेको बताएको र त्यसमा आफूहरुले १राजीनामा गराउनुहोस्, महाअभियोग लगाउनुहोस् वा कुर्सीबाट निकाल्नुहोस्’ भनेर आफूहरुले शुभकामना दिएको उनको भनाइ छ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ५ : ५९ बजे

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

काभ्रेपलाञ्चोक– महाभारत गाउँपालिका– ६ का ७१ परिवारलाई ६ हजार ८००

बालेनका सल्लाहकार भन्छन्- जनताको भरोसा नै हाम्रो पहिचान हो

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले जनताको

सिमकोट विमानस्थलमा चार दिनमा १६९ तीर्थालु भित्रिए

हुम्ला– हुम्लाको सिमकोटमा वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न

संविधान संशोधनका लागि लिखित सुझाव दिने जेन्जी घाइते र शहीद परिवारको प्रतिबद्धता

काठमाडौँ – संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित

बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै षडानन्द नगरपालिका

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने