पछिल्लो २४ घण्टामा ५ लाख बढी कोरोना संक्रमित थपिए « Khabarhub

पछिल्लो २४ घण्टामा ५ लाख बढी कोरोना संक्रमित थपिए

७ हजार ७३३ को मृत्यु


२ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर थप ५ लाख बढी कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ५ लाख ७३ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको छ ।

थपिनेमा अमेरिकामा ९८ हजार ९६५, बेलायमा ३८ हजार २६३, रुसमा ३६ हजार ६२६, टर्कीमा २३ हजार ८६७, फ्रान्समा २० हजार २९४ र ब्राजिलमा ११ हजार ९७७ जना छन् ।

यही अवधिमा ४ लाख ६७ हजार ९४३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७३३ संक्रमितको मृत्यु भएको छ ।

अमेरिकामा एक लाख १५ हजार ७२०, बेलायतमा ४० हजार ५६९, रुसमा ३६ हजार ३८८, टर्कीमा २८ हजार ५४३, ब्राजिलमा १७ हजार ५३३ र फ्रान्समा ६ हजार ४१४ जना कोरोनामुक्त भएका हुन् ।

मृत्यु हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै एक हजार ३०९, रुसमा एक हजार २४७, ब्राजिलमा ३७४, टर्कीमा २२९, बेलायतमा २०१ र फ्रान्समा ५० जना छन् ।

यससँगै विश्वभर कुल संक्रमितको संख्या २५ करोड ५६ लाख ६८ हजार ६४४ पुगेको छ भने तीमध्ये २३ करोड १० लाख ५७ हजार १३१ जना निको भइसकेका छन् । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५१ लाख ३७ हजार ७७१ पुगको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ६ : ३० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल