कांग्रेस महाअधिवेशन : तेह्रथुमबाट ७३३ क्षेत्रीय प्रतिनिधि | Khabarhub Khabarhub

कांग्रेस महाअधिवेशन : तेह्रथुमबाट ७३३ क्षेत्रीय प्रतिनिधि


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै जाँदा तेह्रथुममा जिल्ला र प्रदेशसभा अधिवेशनका लागि धमाधम उमेरदवारी घोषणा हुन थालेको छ । ६ मंसिरमा हुन जिल्ला अधिवेशनका लागि सभापतिमा अर्जुन तुम्बाहाम्फे र कमल ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् ।

३ मंसिरमा हुने निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा नारायण सुब्बा र कमल बानियाँले उम्देवारी दिएका छन् । प्रदेशसभा (ख) मा भुवानसिंह चोङबाङ र चन्द्र मादेम्बा चुनाव लड्दैछन् ।

प्रदेशसभा (क) अन्तर्गत म्याङलुङ नगरपालिकाबाट १ सय ७६, लालिगुराँस नगरपालिकाबाट १ सय ५१ र छथर गाउँपालिकाबाट ९७ गरी ४ सय २४ जना क्षेत्रीय प्रतिनिधि छन् । प्रदेशसभा (ख) आठराई गाउँपालिकाबाट १ सय १८, फेदाप गाउँपालिकाबाट ८५ र मेन्छ्यायेम गाउँपालिकाबाट १ सय ६ गरी ३ सय ९ जना क्षेत्रीय प्रतिनिधि छन् ।

प्रदेशसभा र जिल्ला अधिवेशनमा ७ सय ३३ क्षेत्रीय प्रतिनिधिको सहभागिता रहनेछ । प्रतिनिधिले निर्वाचन प्रदेश (क) र (ख) मा नेतृत्वमा चयन गर्दै जिल्ला कार्यसमिति चयन गर्ने निर्वाचन अधिकृत लक्ष्मण रन्जितले बताए ।

प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गत तेह्रथुमको (क) र (ख) बाट सभापति १,उपसभापति २,सचिव २,खुल्ला महिला ३,खुला पुरुष ७ सदस्य छन् । समानुपातिकतर्फबाट खस महिला १, जनजाति महिला १, खस आर्य खुला १,आदिवासी खुला २,दलित १,मधेसी,अल्पसंख्यक तथा मुस्लिमबाट १ आपाङग १ गरी २५ सदस्य कार्यसमिति नयाँ हुने भएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ८ : १७ बजे

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ

राँझा– हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको

जेन-जी आन्दोलन : आगजनी र लुटपाटमा संलग्न १३ जनाविरुद्ध किटानी जाहेरी

सुनसरी– जेन-जी आन्दोलनको नाममा गत भदौ २४ गते अराजक समुहले

पर्वतको जलजलामा ‘होम डेलिभरी’ शून्य

पर्वत– जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको

मन्त्री घिसिङद्वारा जलेका सवारिसाधन व्यवस्थापन गर्न निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको