ओभरडोज औषधिले अमेरिकामा एक वर्षमा १ लाख जनाको मृत्यु « Khabarhub

ओभरडोज औषधिले अमेरिकामा एक वर्षमा १ लाख जनाको मृत्यु


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकामा ओभरडोज औषधि सेवनका कारण एक वर्षमा १ लाखभन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।

गत वर्षको अप्रिलदेखि सन् २०२१ को अप्रिलको अन्त्यसम्ममा ओभरडोज औषधि सेवनबाट यति धेरै मानिसहरूको मृत्यु भएको हो । यो संख्या अघिल्लो वर्षको तुलनामा २८ दशमलब ५ प्रतिशतले बढी हो ।

‘हामीले कोभिड महामारी नियन्त्रणका लागि धेरै प्रयास गरे पनि ओभरडोज औषधिका कारण भइरहेको मृत्युलाई बेवास्ता गरेका छौं,’ राष्ट्रपति जो बाइडेनले भने । कतिपय फार्मेसीले चिकित्सकले दिएको प्रेसक्रिप्सनबिना नै औषधि बिक्री गर्दा त्यसको दुरुपयोग भएको विज्ञहरुले बताउँदै आएका छन् ।

एक वर्षको अवधिमा कोभिड-१९ बाट अमेरिकामा ५ लाख ८ हजार जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ११ : ३३ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी