गमगढी आगलागीमा ३५ करोडको क्षति, ८० परिवार विस्थापित | Khabarhub Khabarhub

गमगढी आगलागीमा ३५ करोडको क्षति, ८० परिवार विस्थापित


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– सदरमुकाम गमगढीको तल्लो बजारमा मंगलबार राति भएको आगलागीबाट ३५ करोड ५५ लाख बराबरको धनमाल क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ जिल्ला प्रहरी कार्यालय मुगुको तथ्यांक अनुसार उक्त आगलागीमा ८० परिवार विस्थापित भएका छन् ।

जसमा २५ घरधनी र ५५ भाडावालाहरू रहेका छन् । यस्तै पीडितले दिएको जानकारी अनुसार ३५ करोड ५५ लाख बराबरको सम्पत्ति पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले बताए ।

उनका अनुसार घरधनीको २१ करोड २५ लाख र भाडावालाको १३ करोड ३० लाख क्षति भएको छ ।

साथै आगलागीमा ८० परिवार विस्थापित भएका छन् । विस्थापित परिवारकै निवेदनका आधारमा क्षतिको विवरण संकलन गरेको प्रहरीको भनाइ छ ।

घटनापछि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा भूमि तथा कृषि सहकारीमन्त्री चन्द्रबहादुर शाहीसहित सात सदस्यीय प्रदेश सरकारको टोलीले राहत सामग्री ल्याएर गमगढीको आगलागी स्थान निरीक्षण गरेको थियो।

मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयले घर जलेका परिवारलाई १५ हजार नगद, तीन वटा कम्मल र भाडामा बस्ने परिवारलाई १० हजार नगदसहित तीन वटा कम्मल राहतस्वरुप वितरण गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १ : १२ बजे

गाजामा खाद्य संकट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेनसी – संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनमाथि अर्को मुद्दा दर्ता

काठमाडौं – दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको

फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने

काठमाडौं– नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अङ्ग्रेजी भाषामा सीमित शोध प्रकाशन

सङ्खुवासभामा दुई वटा नयाँ पुल सञ्चालनमा

खाँदबारी– सङ्खुवासभाका दुई महत्त्वपूर्ण स्थानलाई जोड्ने पक्की पुल आजदेखि औपचारिक

सतह सिँचाइको व्यवस्था नभएका क्षेत्रमा वैकल्पिक सिँचाइ

नारायणगढ– सतह सिँचाइको व्यवस्था नभएको नौ सय हेक्टर क्षेत्रफलमा वैकल्पिक