मोटरसाइकल दुर्घटनामा घाइते डा.खरेलको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा घाइते डा.खरेलको मृत्यु


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– मोटरसाइकल दुर्घटनामा घाइते भई उपचाररत कपिलवस्तुका डा. दीपक खरेलको मृत्यु भएको छ ।

बाणगंगा नगरपालिकामा रहेको कपिलवस्तु सामुदायिक अस्पतालका कार्यरत रहेका डा. खरेलको बुधवार बिहान उपचारका क्रममा निधन भएको हो ।

बाणगंगा नगरपालिका घर भएको खरेलको २१ कात्तिकमा बुद्धभूमि नगरपालिका-१ टिक्करमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

गोरुसिंगेबाट पत्थरकोट जाने क्रममा लु१६प ३५१६ नम्बरको मोटरसाइकलमा सवार खरेलको बिहान ४:४५ बजे दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु प्रहरी निरीक्षक दिलीप कार्कीले बताए । प्रहरीका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको थियो । मोटरसाइकल चालक विवेक पौडेलको हातमा भने सामान्य चोट मात्र लागेको थियो । खरेललाई उपचारका लागि बुटवल हुँदै ट्रमा सेन्टर पुराइएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  २ : १२ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले