राज्यमन्त्री खापुङको निर्देशनमा तेह्रथुम अस्पतालमा थपिए डाक्टर « Khabarhub

राज्यमन्त्री खापुङको निर्देशनमा तेह्रथुम अस्पतालमा थपिए डाक्टर


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– करारमा रहेका डाक्टरहरूको समायवधि सकिएपछी जनशक्ति अभाव रहेको तेह्रथुम जिल्ला अस्पतालमा स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री भवानीप्रसाद खापुङलको निर्देशनमा डाक्टर थपिएका छन् ।

अस्पतालका कर्मचारीहरूले करार अवधि सकिएका र केही डाक्टरहरू अध्ययन बिदामामा रहेकाले उपचारमा समस्या भएको गुनासो आएपछि राज्यमन्त्री खापुङलको निर्देशनमा प्रदेश सरकार मार्फत थप दुई जना डाक्टर करारमा थपिएका हुन् ।

कर्मचारीहरूले जिल्ला भ्रमणका क्रममा जिल्ला अस्पतालमा यसअघिका केही डाक्टरहरू अध्ययन बिदा र करार अवधि सकिएपछि एक जना डाक्टरको भरमा जिल्ला अस्पताल सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताएका थिए । अस्पतालमा डाक्टर सन्देश राई र डाक्टर दिवाकर चौधरी थपिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनुपम घिमिरेले बताए ।

जिल्ला अस्पताल तेह्रथुमका लागि अब थप एमडी र एमडीजीपी डाक्टर व्यवस्था गर्नका लागिसमेत स्वास्थ्य मन्त्रालयका डाइरेक्टरलाई निर्देशन दिइसकिएकोले बढीमा दुई हप्ता भित्र मागअनुसारको जनशक्ति पठाउने स्वास्थ्य राज्यमन्त्रीका प्रमुख स्वकीय सचिव गजेन्द्र कन्दङ्वाले जानकारी दिए ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ३ : १४ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार