राज्यमन्त्री खापुङको निर्देशनमा तेह्रथुम अस्पतालमा थपिए डाक्टर « Khabarhub

राज्यमन्त्री खापुङको निर्देशनमा तेह्रथुम अस्पतालमा थपिए डाक्टर


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– करारमा रहेका डाक्टरहरूको समायवधि सकिएपछी जनशक्ति अभाव रहेको तेह्रथुम जिल्ला अस्पतालमा स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री भवानीप्रसाद खापुङलको निर्देशनमा डाक्टर थपिएका छन् ।

अस्पतालका कर्मचारीहरूले करार अवधि सकिएका र केही डाक्टरहरू अध्ययन बिदामामा रहेकाले उपचारमा समस्या भएको गुनासो आएपछि राज्यमन्त्री खापुङलको निर्देशनमा प्रदेश सरकार मार्फत थप दुई जना डाक्टर करारमा थपिएका हुन् ।

कर्मचारीहरूले जिल्ला भ्रमणका क्रममा जिल्ला अस्पतालमा यसअघिका केही डाक्टरहरू अध्ययन बिदा र करार अवधि सकिएपछि एक जना डाक्टरको भरमा जिल्ला अस्पताल सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताएका थिए । अस्पतालमा डाक्टर सन्देश राई र डाक्टर दिवाकर चौधरी थपिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनुपम घिमिरेले बताए ।

जिल्ला अस्पताल तेह्रथुमका लागि अब थप एमडी र एमडीजीपी डाक्टर व्यवस्था गर्नका लागिसमेत स्वास्थ्य मन्त्रालयका डाइरेक्टरलाई निर्देशन दिइसकिएकोले बढीमा दुई हप्ता भित्र मागअनुसारको जनशक्ति पठाउने स्वास्थ्य राज्यमन्त्रीका प्रमुख स्वकीय सचिव गजेन्द्र कन्दङ्वाले जानकारी दिए ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ३ : १४ बजे

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

आज २०८३ साल असार २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको