रेबिजको इम्युनोग्लोबुलिनको सेवा सातै प्रदेशबाट शुरु गर्ने « Khabarhub

रेबिजको इम्युनोग्लोबुलिनको सेवा सातै प्रदेशबाट शुरु गर्ने


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले रेबिजविरुद्ध लगाइने रेबिजको इम्युनोग्लोबुलिनको सेवा सातै प्रदेशबाट शुरु गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौँमा पत्रकार सममेलन गदै मंसिर ५ गतेबाट मुलुकका सातै प्रदेशबाट उक्त सेवा प्रदान गर्ने जनाएको हो । हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालबाटमात्र रेविजको इम्युनोग्लोबुलिन प्रदान गरिदै आएको थियो ।

पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंसिरको ५ गतेबाट सबै प्रदेशमा रेबिज इम्युनो ग्लोबुनिको सेवाप्रवाह गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । मन्त्रालयका अनुसार प्रदेश १ को कोशी अस्पताल , प्रदेश २ को जनकपुर अस्पताल र नारायणी अस्पताल बिरगंज, बागमती प्रदेशमा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौडा, भरतपुर अस्पताल चितवनबाट उक्त सेवा प्रदान गरिने छ ।

त्यस्तै गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, लम्विनी प्रदेशमा लुम्विनी अस्पताल, कर्णालीमा सुर्खेत अस्पताल र सुदूरपश्चिम प्रदेशमा सेति प्रादेशिक अस्पतालबाट रेबिज इम्युनो ग्लोबुनिको सेवाप्रवाह हुने मन्त्री खतिवडाले जानकारी दिए । त्यस्तै अन्य अस्पतालबाट पनि सेवा विस्तार गर्ने योजना गरेको उनले बताए ।

पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले नेपालमा रेविजका कारण १५ देखि २० जनाको वार्षिक मृत्यु हुने गरेको जानकारी दिए । रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरीपरी सुईको माध्यमले लगाइने उक्त औषधिले ७ देखि १० दिन भित्र मात्र शरीरले एन्टिबडी बनाउन थाल्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ३ : ३५ बजे

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई