तुवाँलोले भिजिविलिटी कमी आएपछि यातायातमा सतर्कता अपनाउन आग्रह « Khabarhub

तुवाँलोले भिजिविलिटी कमी आएपछि यातायातमा सतर्कता अपनाउन आग्रह


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण मुलुकका अधिकांश भूभागमा मौसम बदली भई चिसो बढ्ने क्रममा रहेको छ ।

सो प्रणालीको प्रभावले वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बुलेटिनमार्फत देशका अधिकांश भूभागमा मौसम बदली भई चिसो बढ्ने क्रममा रहेको र तुवाँलोका कारणले पारदर्शितामा समेत कमी आउनसक्ने भएकाले सडक तथा हवाई यातायात क्षेत्रमा समेत आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैगरी महाशाखाले बुलेटिनमार्फत मुलुकका केही भूभाग आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावाना रहेको आगामी तीन दिनसम्मको मौसमी विवरण प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ९ : ०८ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र