तुवाँलोले भिजिविलिटी कमी आएपछि यातायातमा सतर्कता अपनाउन आग्रह « Khabarhub

तुवाँलोले भिजिविलिटी कमी आएपछि यातायातमा सतर्कता अपनाउन आग्रह


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण मुलुकका अधिकांश भूभागमा मौसम बदली भई चिसो बढ्ने क्रममा रहेको छ ।

सो प्रणालीको प्रभावले वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बुलेटिनमार्फत देशका अधिकांश भूभागमा मौसम बदली भई चिसो बढ्ने क्रममा रहेको र तुवाँलोका कारणले पारदर्शितामा समेत कमी आउनसक्ने भएकाले सडक तथा हवाई यातायात क्षेत्रमा समेत आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैगरी महाशाखाले बुलेटिनमार्फत मुलुकका केही भूभाग आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावाना रहेको आगामी तीन दिनसम्मको मौसमी विवरण प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ९ : ०८ बजे

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन– चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ