‘विद्यालयमा हेडमास्टरको सक्रियता छ कि छैन ? तथ्यांक ल्याउनुस्’ « Khabarhub

‘विद्यालयमा हेडमास्टरको सक्रियता छ कि छैन ? तथ्यांक ल्याउनुस्’


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारी विद्यालयक ाप्रधानध्यापक (हेड मास्टर)को कार्यसम्पादनबारे तथ्यांक मागेका छन् ।

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले बुधबार र बिहीबार आयोजना गरेको शिक्षा इकाइका प्रमुखहरुको कार्याशालमा मन्त्रीले देशभरका सरकारी विद्यालयका हेडमास्टरले गरेका कामको तथ्यांक मागेका हुन् ।

‘मन्त्रालय शिक्षा प्रणाली सुधार्न लागिपरिरहेको छ,’ उनले भने, ‘विद्यालयमा शैक्षिक क्षेत्र सुधार्ने जिम्मेवारी प्रध्यानध्यापकको हुन्छ, उहाँको सक्रियता कति छ तथ्यांक ल्याउनस् ।’

मन्त्री पौडेलले विद्यालयमा दबरन्दी मिलान एवम् कम्प्युटर, ल्यावको समस्या भएको भन्दै शिक्षा इकाइका प्रमुखहरुलाई त्यसको तथ्यांक लिएर मन्त्रालयमा पठाउन निर्देशन दिए ।

विद्यालयमा विषयगत शिक्षकले कस्तो पढाइरहेको छ भन्ने अभिलेख राख्नुपर्ने बताउँदै मन्त्रीले विद्यार्थी खुसी र रुचीअनुसारको शिक्षकले अध्यापन गराउनुपर्ने बताए ।

‘क्षेत्रअधिकार भित्रका कामहरु तत्काल थाल्नुहोस्’, मन्त्री पौडेलले भने, ‘ऐन नियम र कानूनको समस्या छ भने त्यसलाई समाधान गरौं, हात बाँधेर अल्छी भएर नबस्नुहोस् ।’

मन्त्री पौडेलले संघीय शिक्षा ऐनका विषयमा छलफल अघि बढेको बताउँदै, समिति, अथवा अध्यादेशमार्फत त्यो ऐन आउने बताए। उनले शिक्षकहरुको आन्तरिक बढुवाको प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको भन्दै चाडै पास हुनेमा विश्वास व्यक्त गरे ।

‘शिक्षा सुधारका लागि विभिन्न प्रदेशका प्रमुखहरुसँग छलफल गरिरहेको छु,’ मन्त्री पौडेलले भने, ‘राष्ट्रसेवक कर्मचारीले २० औं वर्षसम्म पनि सम्झनलायक हुने गरी काम गर्नहोस् ।’

कार्यक्रममा शिक्षा सचिव रामप्रसाद थपलिया, शिक्षा तथा मानव स्रोत विकासकामहानिर्देशक चुडामणि पौडेललगायतले बोलेका थिए ।

 

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ११ : ०० बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको