योगगुरु रामदेवले भोलि चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिने « Khabarhub

योगगुरु रामदेवले भोलि चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिने


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – योगगुरु बाबा रामदेवले चन्दागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्ने भएका छन् ।

पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका योगगुरु बाबा रामदेवले भोलि शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण दिने तयारी भएको हो ।

बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग सिकाउनु हुने कार्यक्रम रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ । धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरि, नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हो।

बाबा रामदेव शुक्रबार चन्द्रागिरि पुग्ने र राति त्यहाँ अवस्थित रिसोर्टमा बस्ने कार्यक्रम छ । सोही बखत उनले चन्द्रागिरिमा रहेको भालेश्वर मन्दिरमा पूजाअर्चना पनि गर्ने कार्यक्रम छ । योगगुरु बाबा रामदेव बिहीबार नेपाल आएलगत्तै नेपाल विश्वको श्रेष्ठतम आध्यात्मिक देश हो भनेका थिए । उनले नेपालसँग आफ्नो तीन दशकदेखिको आत्मीय सम्बन्ध रहेको पनि बताएका थिए ।

नेपाल भारतपछि पतञ्जली योगपीठको दोस्रो ठूलो गन्तव्य भएको भन्दै उनले नेपालमा ७० हजार योगगुरु रहेका पनि बताए । शनिबार नै उनले पतञ्जली योगपीठले सञ्चालन गर्ने टेलिभिजनको शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ८ : २५ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,