पारिश्रमिक दिन ढिलाइ गर्ने कतारका ३१४ कम्पनी कारबाहीमा  « Khabarhub

पारिश्रमिक दिन ढिलाइ गर्ने कतारका ३१४ कम्पनी कारबाहीमा 


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतार सरकारले कामदारलाई समयमा पारिश्रमिक नदिने ३ सय १४ रोजगारदाता कम्पनीलाई कारबाही गरेको छ ।

अक्टोबर १ देखि नोभेम्बर १५ तारिखसम्मको अवधिमा श्रम ऐन उल्लङ्घन गरेको भन्दै ३ सय १४ रोजगारदाता कम्पनीलाई कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको कतारको श्रम मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार श्रम ऐन उल्लङ्घन गर्ने कम्पनीहरूले ठेक्कापट्टा र सार्वजनिक सेवा क्षेत्रमा काम सञ्चालन गरेको र समयमा कामदारलाई पारिश्रमिक नदिएकाले कारबाहीको लागि सिफारिस गरिएको हो ।

कम्पनीहरूले श्रम कानुनको धारा ६६ को पालना गर्न असफल भएको छ, २००४ को कानुन नम्बर १४ द्वारा जारी गरिएको, २०१५ को कानुन नम्बर १ द्वारा परिमार्जन गरिएको कानुन अनुसार भुक्तानी गर्न ढिलाइ वा पालना नगरेको मन्त्रालयलाई उद्धृत गर्दै पेनिन्सुला कतारले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका कामदारहरूको पारिश्रमिकको सन्दर्भमा मन्त्रालयले आर्थिक दायित्व लिँदै आप्रवासी कामदारहरूको अधिकारको ग्यारेन्टी गर्न चाहेको जनाएको छ ।

मन्त्रालयले श्रम कानुनहरूको पालना गरे नगरेको अनुगमन गर्ने र रोजगारदाता कम्पनीहरूको निरीक्षण र गुणस्तर जाँच गर्ने अभियान आगामी दिनहरूमा पनि जारी राख्ने जनाएको छ ।

नेपाली कामदारको श्रम गन्तव्य रहेको कतारमा निर्माण लगायतका क्षेत्रमा गरी ३ लाख १२ हजार ६५० नेपाली वैधानिक रूपमा कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १० : ४८ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,