झन्डा मेला हेर्न गएकी महिलाको बलात्कारपछि हत्या « Khabarhub

झन्डा मेला हेर्न गएकी महिलाको बलात्कारपछि हत्या


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा झन्डा मेला हेर्न गएकी एक महिलाको बलात्कारपछि हत्या भएको तथ्य खुलेको छ ।

गत १३ असोजमा झन्डा मेला हेर्न गएकी भंगहा-२ बखरी टोलकी ३५ वर्षीया अमृता सदाको बलात्कारपछि हत्या भएको खुलेको हो ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सदाको हत्यामा संलग्न रहेको आरोपमा समातिएका दुईजनालाई सार्वजनिक गरेको हो । बलात्कारपछि हत्या घटनामा महोत्तरीको भंगहा नगरपालिका-५ सीतापुर बस्ने २४ वर्षीय विपीन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोज यादव संलग्नता रहेको जिल्ला प्रहरी प्रमुख दिनेश आचार्यले जानकारी दिए ।

उनीहरूले अमृतलाई मेला हेर्न जाउँ भनी झुक्याएर साँझ ९ बजे गाउँ नजिकैको चौरीमा पुर्‍याएर पालैपालो बलात्कार गरेको र बेहोस भएपछि हत्या गरेको अभियुक्तहरूले स्वीकार गरेको आचार्यले बताए ।

प्रहरीका अनुसार १ मंसिरमा विपीनलाई उनकै गाउँबाट र मनोजलाई सिरहाको मिर्चैया नगरपालिका-५ पक्राउ गरिएको हो । उनीहरूमाथि जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १२ : ४५ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,