फरार प्रतिवादी नौ महिनापछि पक्राउ | Khabarhub Khabarhub

फरार प्रतिवादी नौ महिनापछि पक्राउ


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – प्रहरीले हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादीलाई नौ महिनापछि पक्राउ गरेको छ । देवघाट गाउँपालिका–२ बैदीका ३९ वर्षीय मीनबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

तनहुँ जिल्ला अदालतको २०७७ फागुन २१ गतेको फैसलाले मगरलाई दुई महिना नौ दिन कैद सुनाएको थियो । अदालतको फैसलापछि उनी फरार थिए । मगरलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालतसमक्ष पेस गरिएको छ । उनलाई बाँकी कैद भुक्तानका लागि अदालतमा पेस गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

जिल्लामा पछिल्लो समय चोरी, डकैती, लागूऔषध दुव्र्यसनी र सवारी दुर्घटनामा न्यूनीकरण आएको प्रहरीले जनाएको छ । सवारीसाधन जाँचमा तीव्रताका साथै प्रहरीले गस्तीसमेत बढाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १ : ०२ बजे

श्रीमतीको हत्या अभियोगमा पक्राउ

पर्सा– श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–४

सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न

मेची भन्सारबाट १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा

कल्भर्ट निर्माणले झोलुङ्गे पुल विस्थापित

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा झोलुङ्गे पुलको विकल्पमा कल्भर्ट निर्माण गरिएको

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ । बैठक