भारतीय नक्कली नोटसहित पक्राउ परेका युनुस सार्वजनिक (फोटो फिचर) « Khabarhub

भारतीय नक्कली नोटसहित पक्राउ परेका युनुस सार्वजनिक (फोटो फिचर)


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय नक्कली नोटसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका युनुस अन्सारीलाई प्रहरीले सार्वजनिक गरेको छ । नोट नोट कारोबारमा पटक/पटक पक्राउ परी कैद भुक्तानी गरेका ललितपुर महानगरपालिका–१३ ताल्सिखेलका अन्सारीलाई शुक्रबार अपराह्न सार्वजनिक गरेको हो ।

पाकिस्तानबाट कतारहुँदै नेपाल भित्रिएको दुई हजार दरका सात करोड ६७ लाख ९४ हजार नक्कली भारुसहित पक्राउ परेका हुन् । नक्कली नोटको कारोवारमा उनका नातेदारसमेत संलग्न हुने गरेको रहस्य पनि खुलेको छ । विशेष सुराकीको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका कर्मचारी र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा तीन पाकिस्तानी नागरिकसहित अन्सारी, उनका गाडीचालक तथा सालो पक्राउ परेको हो ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको नक्कली भारतीय रुपैयाँका बारे सञ्चारकर्मीलाइ जानकारी दिँदै महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख शैलेश थापा क्षेत्री ।

नक्कली भारतीय रुपैयाँ लिन जाँदा विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ पर्नेमा अन्सारीसहित रौतहटको रमौली वैरिया नगरपालिका–१ का सुयल खान र भक्तपुर सूर्यविनायक नगरपालिका–५ बालकोटका सुदन रानाभाट छन् । खान अन्सारीका सालो हुन् भने रानाभाट गाडी चालक ।

पक्राउ पर्नेमा ४९ वर्षका मोहम्मद अख्तर, ६७ वर्षका नासिर उद्दिन र ३९ वर्षीया नाडीया अन्वर छन् । पाकिस्तानी कतार एयरवेजबाट पैसा ल्याउँदै थिए भने अन्सारीसहित तीन जना पैसा लिन विमानस्थल पुगेका थिए । नक्कली नोट चलनमा पटक-पटक संलग्न देखिएको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ८ : ५१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै