महिन्द्राको २ एस सर्भिस सेन्टर सञ्चालन हुने | Khabarhub Khabarhub

महिन्द्राको २ एस सर्भिस सेन्टर सञ्चालन हुने


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नी समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रालिले हालसालै तीन नयाँ २ एस सव–डिलरहरु आफ्नो आधिकारिक ३ एस डिलर लोक शुसिला अटो कन्शर्नको मातहतमा सञ्चालनमा ल्याएको छ ।

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना सेवा विस्तार गर्ने उद्देश्यका साथ बालाजु अटो वर्कशले दर्शन मल्टी अटो भिलेज एन्ड वर्कशप, कपिलवस्तु; मैनाबगर अटोल्यान्ड, मैनाबगर र रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयर, पाल्पा सञ्चालनमा ल्याउँदै छ ।

मुख्यमन्त्री कुलप्रसाद केसी तथा अग्नी ग्रुपका एक्जुकेटिभ डाइरेक्टर अर्जुनप्रसाद शर्माबाट मंसिर २ गते बिहीबार मैनाबगर अटोल्यान्डको समुद्घाटन सम्पन्न गरियो ।

त्यस्तै, दर्शन मल्टी अटो भिलेज एन्ड वर्कशपको पनि सोही दिन बालाजु अटो वर्कशका स्पेयर हेड तथा स्टाफका साथ सामूहिक उद्घाटन गरियो ।

‘हाम्रो नेटवर्क विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै यी सव–डिलरहरु सञ्चालनमा ल्याएका छौँ र आगामी दिनहरुमा अझ विस्तारित सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँदछौँ,’ महिन्द्राका लागि प्रदेश ५, ६ र ७ का प्रोभिन्स म्यानेजर बिजेस गयामरुले बताए ।

यसका साथै रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयरको उद्घाटन पनि केही दिनमै हुने जानकारी दिइएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १ : ५२ बजे

सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

सिरहा– सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल