सातै प्रदेशमा सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना गरिने « Khabarhub

सातै प्रदेशमा सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना गरिने


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले सात वटै प्रदेशमा सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना गरिने बताएका छन् ।

मन्त्री श्रेष्ठले कार्यविधि, कानून निर्माण लगायतका कुरामा छलफल गरी छिट्टै स्थापना हुने बताएका हुन् ।

शुक्रबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

त्यस्तै श्रम स्वीकृतिका लागि पनि सात वटै प्रदेशबाट सेवा विस्तार गरिने बताएका छन् ।

‘छिट्टै ७ वटै प्रदेशबाट श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको सेवा दिइनेछ’ कार्यक्रममा उनले भने, ‘यी काम गर्न केन्द्रमा भौतारिएर आउनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’

यसअघि गत शुक्रबार निरीक्षणका क्रममा वैदेशिक रोजगारको कार्यालय ताहचल पुगेका थिए । सेवाग्राहीको भीडमा उनले प्रत्यक्ष समस्या सुनेका थिए । त्यससँगै सेवाका लागि घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता हटाएर छिटो छरितो तरिकाले सेवा दिने कार्यालय बनाउने उनले प्रतिवद्धता गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  २ : ३८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ