हस्तकला क्षेत्रको विकास र प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री « Khabarhub

हस्तकला क्षेत्रको विकास र प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला क्षेत्रको विकास र प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल हस्तकला महासंघको आयोजनामा आजदेखि शुरु भएको १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ कला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रमा टेवा पुराउदै आएको हस्तकला क्षेत्रको विकास र प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको बताए ।

हस्तकला निकासी गर्दै विदेशी मुद्राको आयआर्जनबाट मुलुकको आर्थिक घाटा न्युनीकरण हुने प्रधानमन्त्रीको विश्वास छ ।

हस्तकला क्षेत्रमा देखिएको कर सम्बनधी समस्यालाई सहजीकरण गर्ने उनले बताए । हस्तकला उद्योग नेपालको गरिमा र पहिचानको क्षेत्र भएकाले समयानुकल परिस्कृत गर्दै अघि बढाउनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।

मंसिर ५ गतेसम्म चल्ने मेलामा हस्तकला लगायत विभिन्न वस्तुको करिब एकसय २० स्टल छन् । मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत विभिन्न विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृतसमेत गरिने महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ३ : ०७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ