माओवादी केन्द्रको वडा अधिवेशन तयारी पूरा | Khabarhub Khabarhub

माओवादी केन्द्रको वडा अधिवेशन तयारी पूरा


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले शनिबार हुने पार्टीको वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

माओवादी केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै शनिबार देशभरका सम्पूर्ण वडाहरुमा नेतृत्व चयनका लागि हुने अधिवेशनको तयारी पूरा भएको जनाएको हो । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ ।

यस्तै, मंसिर ११ गते पालिकाको नेतृत्व चयन गर्ने र २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि निर्वाचन हुने माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठले जानकारी दिए। आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समितिहरु गठन गरिएको र समितिहरुलाई निर्वाचन नियमावलीबारे प्रशिक्षण दिएको श्रेष्ठले बताए ।

प्रदेशको सम्मेलनपछि आगामी पुस ११ देखि १३ गतेदेखि पार्टीको राष्ट्रिय सम्मेलन हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ४ : ५० बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

नवलपरासी– बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक

‘सङ्घ र प्रदेश सरकारको बजेटले पञ्चायतको झल्को दिएको छ’

काठमाडौँ – गएको जेठ १५ गते सङ्घीय सरकार र असार

वीरगञ्ज नाकाबाट ५९ हजार बढी इन्धन सवारी भित्रिए

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५

‘कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी’

बागलुङ– बागलुङको जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर