माओवादी केन्द्रको वडा अधिवेशन तयारी पूरा « Khabarhub

माओवादी केन्द्रको वडा अधिवेशन तयारी पूरा


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले शनिबार हुने पार्टीको वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

माओवादी केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै शनिबार देशभरका सम्पूर्ण वडाहरुमा नेतृत्व चयनका लागि हुने अधिवेशनको तयारी पूरा भएको जनाएको हो । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ ।

यस्तै, मंसिर ११ गते पालिकाको नेतृत्व चयन गर्ने र २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि निर्वाचन हुने माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठले जानकारी दिए। आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समितिहरु गठन गरिएको र समितिहरुलाई निर्वाचन नियमावलीबारे प्रशिक्षण दिएको श्रेष्ठले बताए ।

प्रदेशको सम्मेलनपछि आगामी पुस ११ देखि १३ गतेदेखि पार्टीको राष्ट्रिय सम्मेलन हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ४ : ५० बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।