एमाले महाधिवेशनमा लुम्बिनी प्रदेशले ७५ हजार जना सहभागी गराउने « Khabarhub

एमाले महाधिवेशनमा लुम्बिनी प्रदेशले ७५ हजार जना सहभागी गराउने


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले पार्टीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा आफ्नो प्रदेशबाट ७५ हजार जनताको सहभागिता गराउने भएको छ । यसका लागि एमाले प्रदेश कमिटीले जिल्लागत रूपमा जिम्मेवारी बाँडफाँडसमेत गरेको छ ।

लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रुपन्देहीले २२ हजार सहभागी गराउने भएको छ । नवलपरासी र कपिलवस्तु जिल्ला कमिटीलाई १५–१५ हजारका दरले जनसहभागिता गराउने गरी जिम्मेवारी तोकिएको छ ।

दाङबाट आठ हजार, बाँकेबाट पाँचहजार, बर्दिया र पाल्पाबाट तीन–तीनहजार, गुल्मी, अर्घाखाँची र प्यूठानबाट एक–एक हजार तथा रुकुम पूर्व र रोल्पाबाट ५०० का दरले सहभागिता गराइने एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीले जानकारी दिए ।

चितवनको नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन समारोहमा पाँच लाख मानिसको सहभागिता गराउने गरी तयारी भइरहेको महाधिवेशन मूल व्यवस्थापन समितिको सदस्यसमेत रहेक गिरीले बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशस्तरमा महाधिवेशनको व्यापक तयारीसमेत थालेको छ । यसका लागि राजमार्गमा डिजिटल विज्ञापन बोर्ड, वडास्तर र पालिकास्तरमा स्वागत गेट निर्माण गरिनेछ । प्रचारका लागि भित्ते लेखन र कुनै पोष्टर भने नटाँसिने गिरीले बताए । महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०८ जना प्रतिनिधि सहभागी हुँदै छन् ।

एमालेको लुम्बिनी प्रदेश प्रचारप्रसार समितिले महाधिवेशन केन्द्रित बुलेटिन प्रकाशनको तयारीसमेत थालेको छ । यही ६–७ मंसिरमा बुलेटिन प्रकाशन हुने र त्यसमा पुष्पलालको जीवनी, जनताको बहुदलीय जनवादको नीतिलाई मुलुकका सबै पार्टीले अंगालेको विषय तथा मुलुकका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी र कम्युनिष्ट सरकार जस्ता विषयहरू समेटिने एमाले केन्द्रीय प्रचार विभागका सदस्य डिआर घिमिरेले बताए ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ५ : २० बजे

कुवेतको विद्युत् तथा पानी प्रशोधन केन्द्रमा इरानको आक्रमण, खानेपानी आपूर्तिमा चिन्ता

कुवेत– इरानले गरेको आक्रमणबाट कुवेतको विद्युत् उत्पादन तथा समुद्री पानी

स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने

एजेन्सी– लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी

नेपालको राजनीतिमा ‘वनाना रिपब्लिक’

सर्वप्रथम हामीले ‘वनाना रिपब्लिक’ भनेको के हो ? कहाँबाट सुरु

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौं– यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले

मधेस विश्वविद्यालयमा तीन नयाँ शैक्षिक कार्यक्रम विस्तार हुँदै

जनकपुरधाम- मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८३ देखि थप तीन वटा