२६ प्रतिशतले बढ्यो जग्गाको मूल्य | Khabarhub Khabarhub

२६ प्रतिशतले बढ्यो जग्गाको मूल्य


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच बैंकका गर्भनर महाप्रसाद अधिकारीले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरे । भविष्यमा घरजग्गाकै कारोबारमार्फत् निम्तिने आर्थिक संकट रोक्न प्रतिवेदन तयार गरेको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले आर्थिक वर्ष २०७५÷७६ लाई आधार वर्षको रूपमा लिई घरजग्गा सर्वेक्षण गरेको छ । पहिलो पटक सार्वजनिक घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार नेपालमा घरजग्गाको मूल्य वार्षिक २६.४५ प्रतिशतले बढेको छ ।

कार्यक्रममा गभर्नर अधिकारीले घरजग्गको कारोबारले भविष्यमा निम्त्याउने आर्थिक संकट रोक्न अहिले नै नियमन गर्न लागिएको बताए। उनले घरजग्गाको कारोबारलाई थप व्यवस्थित गर्दै नियमन तथा राजश्वको दायरामा ल्याउनका लागि ‘घरजग्गाा मूल्य सर्वेक्षण प्रतिवेदन’ तयार गरिएको जानकारी दिए ।

सर्वेक्षण प्रत्येक तीन तीन महिनामा प्रतिवेदन तयार गर्ने राष्ट्रको बैंक आर्थिक अनुसन्धान विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ५ : ४० बजे

चितवनविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो

सुदूरपश्चिममा उत्पादकत्व बढ्यो, क्षेत्रफल घट्यो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि

एमाले संसदीय दलको बैठक : संसद विघटनको विषयमा छलफल हुने

काठमाडौं – नेकपा एमालेले मंगलबार विघटित संसदीय दलको बैठक बोलाएको

पोखरामा पशु क्वारेन्टाइन सेवा थालनी

कास्की– सङ्घीय सरकारले गण्डकी प्रदेशको राजधानी पोखरामा पशु क्वारेन्टाइन कार्यालय

श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

काठमाडौं– श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा