गृहमन्त्री खाण र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता « Khabarhub

गृहमन्त्री खाण र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच शुक्रबार भेट छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाको सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको छ ।

भेटमा कोभिड–१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पुर्‍याएको सहयोगलगायत विषयमा छलफल भएको थियो ।

भेटमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी सहभागी थिए ।

त्यस्तै भेटमा नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको थियो । मन्त्री लु तीन दिने नेपाल भ्रमणका लागि बुधबार नेपाल आएका हुन् ।

भेटमा गृहमन्त्री खाणले नेपालको कोभिडविरुद्धको लडाइमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिए । उनले अमेरिकी सरकारले कोभिडपश्चात अर्थतन्त्रको पुनर्उत्थानमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

नेपाल भ्रमणका लागि सहायक विदेशमन्त्री लुलाई धन्यवाद दिँदै गृहमन्त्री खाणले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : ४० बजे

नेपाली शिक्षा परिषद्‌बाट दुई पुरस्कारको घोषणा

काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘गोपाल पाँडे असीम

१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै

काठमाडौँ । नेपालमा भोलि (साउन ४ गते) १ हजार २५०

महाशाखाले भन्यो : यी क्षेत्रमा थप वर्षा, सतर्कता अपनाउनू

काठमाडौँ । हाल कोसी र बागमती प्रदेशका केही स्थान, लुम्बिनी,

काठमाडौँमा अवतरण हुन नसकेपछि लखनउ ‘डाइभर्ट’ भयो फ्लाईदुबई

काठमाडौँ- दुबईबाट काठमाडौँका लागि उडेको फ्लाईदुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले यही साउन ६