कांग्रेस प्रदेश अधिवेशन : यी हुन् कास्कीबाट निर्वाचित प्रतिनिधि « Khabarhub

कांग्रेस प्रदेश अधिवेशन : यी हुन् कास्कीबाट निर्वाचित प्रतिनिधि


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत कास्कीका सबै प्रदेश निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार सबैजसो क्षेत्रमा प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर १ (क) को सभापतिमा दुर्गाप्रसाद सुवेदी विजयी भएका छन् । सुवेदीले मुराहरी कोइरालालाई १७ मतले पराजित गरेका हुन् । सुवेदीले २२६ मत ल्याउँदा कोइरालाले २०९ मत पाए ।

उपसभापतिमा निर्मला ढुंगाना र सुकदेव गुरुङ, सचिवमा शिवराज अधिकारी र ध्रुवराज अधिकारी तथा सहसचिवमा सुवास भण्डारी र विष्णु गुरुङ निर्वाचित भएका छन् ।

१ (ख) को सभापतिमा कृष्ण कोइराला विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी अर्जुन गुरुङलाई १५ मत अन्तरले पराजित गरे । कोइरालाले १८८ मत ल्याए भने गुरुङले १७३ मत पाए ।

उपसभापति, सचिव र सहसचिवमा पनि प्रतिस्पर्धा भएको छ । अबेर राति सकिएको मतगणना अनुसार उपसभापतिमा विकास गुरुङ र विष्णुप्रसाद बराल, कर्तीबल्लभ त्रिपाठी र महेश कार्की तथा सहसचिवमा महेन्द्र गुरुङ र रामकुमारी पौडेल विजयी भए ।

२ (क) मा दिनेश आचार्य विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी वर्षाकेशव पराजुलीलाई ३० मतले पराजित गरेका हुन् । आचार्यले १२१ मत ल्याउँदा पराजुलीले ९१ मत मात्रै पाए ।

उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत विजयी भए भने सचिवमा टंकप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा विजयी भए । सहसचिवमा गीता भण्डारी र केशवराज लामिछाने सर्वसम्मत चयन भएका हुन् ।

प्रदेश निर्वाचन क्षेत्र (ख) अन्तर्गत सभापतिमा दीपेन्द्र मर्सानी विजयी भए । मर्सानीले १४२ मत पाए भने निकटतम प्रतिस्पर्धी सुवास सिग्देलले १२० मत पाए । उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ विजयी भए भने सचिवमा सुवर्ण केसी र शिरषकुमार बास्तोला निर्वाचित भएका छन् । सहसचिवमा निलम बाटाजु र सुरेश खवास सर्वसम्मत चयन भएका थिए ।

क्षेत्र नम्बर ३ (क) को सभापतिमा पुष्पेन्द्र पाण्डे विजयी भएका छन् । उनले १६६ मत ल्याउँदा निकटतम दीपकराज पौडेलले १५६ मत पाए । उपसभापतिमा धनबहादुर थापा र दिलीप गिरी विजयी भए भने सचिवमा गंगाबहादुर गुरुङ र प्रकाशचन्द्र सापकोटा तथा सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी विजयी भएका छन् ।

३ (ख) को सभापतिमा जीवनाथ पौडेल ‘शंकर’ नयाँ सभापति बनेका छन् । उनले निकटतम प्रतिश्पर्धी दिपकवीर कुँवरलाई १०३ मतको फराकिलो अन्तरले हराउँदै सभापति बनेका हुन् । पौडेलको २२७ र कुँवरको १२४ मत छ । उपसभापतिमा पदमबहादुर गुरुङ, पार्वतिदेवी कोइराला निर्वाचित भए भने सचिवमा ठाकुर बराल र बाबुराम भण्डारी तथा सहसचिवमा चित्रबहादुर गुरुङ र भीममाया सुवेदी निर्वाचित भएका छन् ।

प्रदेश निर्वाचन क्षेत्रको कार्यसमिति सहित प्रदेश अधिवेशन प्रतिनिधि पनि निर्वाचित भएका निर्वाचन अधिकृत रामचन्द्र पौडेल (विमल) ले जानकारी दिए ।

विधान अनुसार प्रत्येक क्षेत्रबाट १७ जना प्रतिनिधि छनोट भएका छन् । खुलातर्फ ७, महिला ३, खस आर्य खुला २, खस आर्य महिला १, आदिवासी जनजाति खुला, आदिवासी जनजाति महिला, दलित, अल्पसंख्यक तथा अपांगता कोटाबाट १-१ जना निर्वाचित भएका छन् । अब ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतको अधिवेशन हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ९ : २० बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज