कांग्रेस : इलाम २ ‘क’ को सभापतिमा चौहान « Khabarhub

कांग्रेस : इलाम २ ‘क’ को सभापतिमा चौहान


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ ‘क’ (प्रदेशसभा) सभापतिमा गोपाल चौहान निर्वाचित भएका छन् ।

चौहानले निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलालाई पराजित गरेका हुन् ।  चौहानले दुई सय २९ मत ल्याउँदा बास्तोलाले एक सय ६० मतमै चित्त बुझाए ।

उपसभापतिमा विष्णु सुब्बा दुई सय ४४ मतसहित र मनकुमार गुरुङ दुई सय ३५ मत पाएर निर्वाचित भएका छन् । उपसभापतिका प्रतिस्पर्धी कमलमणि खनालले एक सय ३१, सुतिता श्रेष्ठ कर्माचार्यले एक सय २४, शिवराज घिमिरेले एक सय ११ र शोभावती खत्री कार्कीले एक सय ३ मतमै चित्त बुझाएका छन् ।

सचिवमा श्रीबहादुर विष्ट र दिपेश खत्री विजयी भएका छन् । विष्टले दुई सय ६७ र खत्रीले दुई सय २४ मत प्राप्त गरे । सचिवकै उम्मेदवार गजेन सुब्बा, विनोद न्यौपानेले र मोहन पराजुली पराजित भएका छन् ।

सहसचिवमा राजेन्द्र पौडेल (रिकी) र सूर्यबहादुर कार्की निर्वाचित भएका छन् । निर्वाचित पौडेलले दुई सय ७० र कार्कीले दुई सय ५६ मत प्राप्त गरे ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १० : १५ बजे

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा

संसद् बैठक बोलाउन कार्यव्यवस्था समितिको बैठक मंगलबार बस्ने

काठमाडौं– संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्य व्यवस्था परामर्श समितिको

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने

संसद् बैठक बोलाउन सभामुखसँग छलफल गर्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसद्को बैठक आह्वान गर्न सभामुखसँग