माओवादीको वडा अधिवेशनपछि खोटाङमा दुई हजार जनाले नयाँ जिम्मेवारी पाउने « Khabarhub

माओवादीको वडा अधिवेशनपछि खोटाङमा दुई हजार जनाले नयाँ जिम्मेवारी पाउने


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङमा नेकपा (माओवादी केन्द्र)को वडा अधिवेशनमार्फत २ हजार नेता-कार्यकर्ताले नयाँ जिम्मेवारी पाउँदैछन् ।

७९ वडा रहेको जिल्लामा पदाधिकारीसहित प्रतिवडा २९ सदस्यीय वडा कमिटी निर्माणका क्रममा २ हजार २ सय ९१ जनाले नयाँ जिम्मेवारी पाउन लागेका हुन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको सबै वडामा अधिवेशको तयारी पूरा भएको नेकपा (माओवादी केन्द्र) खोटाङका संयोजक देवान किराती पृथ्वीले बताए ।

शनिबार पाँच वडाबाहेक अन्य वडामा नेतृत्व चयन हुनेछ । पाँच वडामा भने वडा नेतृत्वको आफन्तको मृत्यु भएका लगायतका कारण वडा अधिवेशन हुन नसकेको संयोजक किरातीले बताए ।

माओवादी केन्द्रको वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित सदस्य चयन गर्ने छन् । वडा कमिटीमा ३५ प्रतिशत महिला र १० प्रतिशत दलितको प्रतिनिधित्व हुनेछ ।

माओवादी केन्द्रले ११ मंसिरमा पालिका, २५ मंसिरमा प्रदेश तथा ११ पुसदेखि १३ पुसमा काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दैछ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १० : ४५ बजे

वैशाखको पहिलो साता विपद्का १४६ घटना, ७ जनाको मृत्यु

काठमाडौं-२०८३ वैशाख महिनाको पहिलो साता (१ देखि ६ गतेसम्म) देशभर

राप्ती नदीमा भेटियो १७ घडियालको गुँड

चितवन– राप्ती नदीमा १७ घडियाल गोहीको गुँड भेटिएको छ । चितवन

अनिश्‍चितताबीच पाकिस्तानमा यस्तो छ इरान-अमेरिका वार्ताको तयारी (तस्बिरहरू)

इस्लामावाद- पाकिस्तानको राजधानी इस्लामाबादमा इरान-अमेरिका अर्को वार्ता हुँदैछ। ११–१२ अप्रिलमा

संयुक्त राष्ट्रसङ्घको महासचिव बन्न चार जनाको दाबेदारी

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घको आगामी महासचिव चयन प्रक्रिया यसपटक असामान्य

‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’

महेन्द्रनगर– मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले