संस्थापक नेताहरूका सपना पूरा गर्न चाहन्छु: सिंह « Khabarhub

संस्थापक नेताहरूका सपना पूरा गर्न चाहन्छु: सिंह


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीका संस्थापक नेताहरूको सपना पूरा गर्ने चाहना व्यक्त गरेका छन् ।

भ्रष्टाचारमा शून्य सहनशीलता, सुशासन, विकास र बिहान-बेलुका जनजीविका गर्न समस्या नहुने स्थिति निर्माणको सपना संस्थापक नेताहरू बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहका रहेको उनले बताए ।

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालद्वारा लिखित ‘बानेश्वरको सेरोफेरो’ को आज लोकार्पण गर्दै उनले भने, ‘किसुनजी, गणेशमानजी र बिपी कोइरालाको सपना थियो- एउटा सफा, फ्रि करप्सन, गुडगभर्नेन्स र सबैको जीविकापार्जन गर्न बिहान/बेलुका समस्या नहुने समाज निर्माण गर्ने । त्यो सपना तपाईंहरूले सहयोग गर्नुभयो भने पूरा गर्न सक्छु भन्ने विश्वास छ ।’

बानेश्वरलाई उनले ऐतिहासिक र राजनीतिक केन्द्रको रूपमा चित्रण पनि गरे ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ११ : ५१ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,