मकवानपुरमा एचआईभी सङ्क्रमित बढ्दै « Khabarhub

मकवानपुरमा एचआईभी सङ्क्रमित बढ्दै


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुर जिल्लामा हाल एचआईभी सङ्क्रमितको सङ्ख्या ३९९ पुगेको एक तथ्याकङ्ले देखाएको छ ।

यसको सङ्ख्या महिनैपिच्छे बढ्दै गएको हेटौँडा अस्पतालले जनाएको छ । प्रत्येक महिना ४– ५ एचआईभीका नयाँ सङ्क्रमित देखिने गरेको छ ।

उक्त अस्पतालका अनुसार जिल्लामा ती सङ्क्रमितमध्ये १४७ महिला, १४४ पुरुष र १८ तेश्रो लिङ्गी रहेको बताइएको छ । उनीहरुले उक्त अस्पतालबाट सङ्क्रमण विरुद्धको एआरटी औषधि नियमितरुपमा सेवन गरिरहेको जनाइएको छ ।

अस्पतालका एआरटी काउन्सुलर सुजल श्रेष्ठले जिल्लामा एचआईभी सङ्क्रमितको सङ्ख्या बढ्दै गरेको जानकारी दिँदै मकवानपुरका केही सङ्क्रमितका साथै अन्य जिल्लाका सङ्क्रममितले समेत एआरटी खाइरहेको बताए ।

सन् २०१२ देखि हालसम्म जिल्लामा ३२ जनाको एचआईभी सङ्क्रमणबाट मृत्यु भइसकेको छ । एचआईभी हुँदैमा एड्स नहुने र एचआईभी सङ्क्रमित धेरै वर्षसम्म स्वस्थ्य रहने भएकाले रोगलाई लुकाउन नहुने र समय समयमा उपचार गराउनु पर्ने उनको भनाइ थियो छ ।

सङ्क्रमित भएको लामो समयसम्म उपचार नगराएमा पछि उपचार गर्न समस्या हुने र किटाणु वृद्धि भएर सङ्क्रमितको रोगसँग लड्ने क्षमता पनि कम हुने काउन्सुलर श्रेष्ठले बताए । एचआईभी सङ्क्रमितमा लामो समयसम्म ज्वरो आउने, पसिना आउने, पखाला लाग्ने र अन्य कारणबाट समेत लामो समयसम्म सञ्चो नभए चिकित्सकसँग परामर्श गरी उपचार गराउनुपर्ने चिकित्सकको भनाइ थियो ।

असुरक्षित यौन सम्र्पक, सङ्क्रमितको रगत तथा सिरिन्जको प्रयोगले यो रोग सर्ने भएकाले त्यसबाट जोगिनुपर्ने बताइएको छ । सरकाले यस रोगका सम्वन्धमा समय समयमा चेतनामूलक कार्यक्रम गरिरहेकोले रोग लुकाउन नहुँनेमा काउन्सुलर श्रेष्ठले जोड दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १० : ०० बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ