स्काउटमा तीन लाख विद्यार्थी पुर्‍याउने लक्ष्य « Khabarhub

स्काउटमा तीन लाख विद्यार्थी पुर्‍याउने लक्ष्य


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्काउटले मुलुकभर तीन लाख विद्यार्थीलाई समेटने लक्ष्यका साथ अभियान थालेको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै आफ्नो संरचना पनि सोहीअनुसार अघि बढाएको नेपाल स्काउटले मुलुकका सबै (७५३ वटै) स्थानीय तहमा संरचना निर्माण गरिसकेको जनाएको छ ।

स्काउट गतिविधिलाई थप चलायमान बनाउन संरचना विस्तार गर्ने क्रममा आज स्थानीय स्काउट कार्यालय काठमाडौँले यहाँ ‘प्रधानाध्यापक गोष्ठी’ गरेको छ ।

हरेक स्कुलमा स्काउटको संरचना निर्माण गर्ने लक्ष्यसहित उक्त कार्यक्रम आयोजना गरिएको र यो अभियान मुलुकभर नै जारी रहेको वाग्मती प्रदेश सदस्य शिवराम अर्यालले जानकारी दिए ।

हाल नेपालमा ६५ हजार विद्यार्थी स्काउटमा आवद्ध छन् । उनका अनुसार काठमाडौँ महानगरपालिकाका ५९ सरकारी उच्च माध्यामिक विद्यालयमध्ये १३ वटामा स्काउट रहेकामा अब सबै विद्यालयलाई समेटने गरी उक्त भेला गरिएको हो ।

सन् १९०७ मा २० जनालाई लिएर बेलायतबाट लर्ड वेडेन पावेलले स्काउट स्थापना गरेका थिए । नेपालमा सन् १९५२ (विसं २००९) मा स्काउट शुरु भएको हो । स्काउटको इकाइ गठन गर्न तथा गतिविधि सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले आवश्यक सहयोग गर्दै आएको र यो क्रम जारी रहने महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए ।

कार्यक्रममा नेपाल स्काटउका निर्देशक रामप्रसाद भट्टराइले स्काउटको उद्देश्य, राष्ट्रिय तथा अन्तरराष्ट्रिय अभ्यास तथा गतिविधिका बारेमा प्रस्तुति दिँदै वर्तमान समयमा स्काउटको भूमिका अझ बढेर गएको बताए ।

आयोजक संस्थाका संयोजक विमला श्रेष्ठले काठमाडौँ महानगरपालिकामा पनि स्काउटलाई व्यवस्थितरुपमा अघि बढाउनका लागि र हरेक शैक्षिक संस्थामा स्काउट इकाइ पुर्‍याउनका लागि प्रधानाध्यापकसँग छलफल गरिएको जानकारी दिए ।

स्काउटले बालकालिका तथा युवालाई कर्तव्यपरायण, सत्चरित्र र सुयोग्य नागरिक बनाउनुका साथै शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ । यसैगरी स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायप्रति उत्तरदायी सदस्य बन्न योग्य बनाउँछ ।

विगतमा सामाजिक सेवा तथा विपदका बेलामा समेत स्काउट टोलीले मुलुकमा महत्वपूर्ण काम गर्दै आएको थियो । कोभिड–१९ सङ्क्रमणको समयमा स्काउट टोलीले जोखिमका साथ शव व्यवस्थापनसमेत गरेको थियो । यस्तै विपदजन्य घटना, महामारी, भूकम्प र बाढी पहिरा आउँदासमेत स्काउट टोली उद्धारमा खटिएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ८ : ४० बजे

नितिश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

काठमाडौं- जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले मंगलबार नेपालसँग सीमा

कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा आज इलाका

सन्तोषको स्पष्टीकरण- प्रलोपाको जिम्मेवारीबाट पन्छिसकेको छैन

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सन्तोष परियारले आफूले

नेपाललाई मध्य आययुक्त मुलुक बनाउने महत्वाकांक्षी लक्ष्य, ५ वर्षमा १५ लाख रोजगारी र ७ प्रतिशत आर्थिक वृद्धि सम्भव होला ?

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले संसद्मा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय

भ्रष्टाचारमाथि कडा प्रहार गर्ने सरकारको योजना, दलीय ट्रेड युनियन नराख्ने

काठमाडौं– वालेन्द्र शाह नेतृत्वको सरकारले संसद्मा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय