निजी विद्यालयलाई नेपाली नाम जुराउनै धौधौ! « Khabarhub

निजी विद्यालयलाई नेपाली नाम जुराउनै धौधौ!


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाली नाम नपाएर होला कि किन हो निजी विद्यालयहरूले अंग्रेजी नाममा भसक्कै साइनबोर्ड हाले। सरकारले नियमावली बनाएर नाम नेपाली बनाउन निर्देशन के दिएको थियो, अहिले तिनै विद्यालयलाई नाम जुराउनै मुस्किल भइरहेको छ।

संसारमा चलेको कुनै नाम सम्झिनोस्, आफ्नै सहरमा वा आफ्नै समुदाय आसपास त्यस्तो विद्यालय देख्न सकिन्छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार ११ र १२ पढाइने देशभर करिब ६ हजार ५ सय निजीस्तरबाट सञ्चालित शिक्षालय छन्। यिनका ९० प्रतिशतको नाम अंग्रेजीमा रहेको कान्तिपुर दैनिकमा खबर छ।

अंग्रेजी हटाई नेपालीपन झल्किने नाम राख्ने सरकारी निर्देशनपछि अहिले नाम खोज्ने र जुराउने होड चल्दै छ। केहीले नयाँ राख्दा त्यसको अगाडि दर्ता कसैले लिए/नलिएको खोज्न थालेका छन्, केही पुरानो नाम फेर्दा व्यवसायमा असर पर्ने भन्दै आलटाल गरिरहेका छन्।

कतिपयलाई राम्रा नेपाली नाम जुराउनै हम्मे परेको छ। लन्डनको चर्चित व्यावसायिक फुटबल क्लबको नाम राम्रो लागेर राखेको नयाँ बानेश्वरको ‘चेल्सी इन्टरनेसनल स्कुल’ ले फेरेर ‘विद्या संस्कार स्कुल’ राखेको छ। बानेश्वरकै ‘न्यु स्राइन एकेडेमी हाईस्कुल’ ले ‘नेपाल विद्यापीठ’ बनाएको छ।

नयाँ राखेका नाममा महानगरपालिकाले कसैको दाबीविरोध भए उजुरी दिन सूचना जारी गरेको छ। शिक्षा नियमावली, २०५९ परिच्छेद–२७ (१५४) विद्यालयको नामकरणसँग सम्बन्धित छ। समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवदेवी, तीर्थस्थल वा प्राकृतिक सम्पदाका नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न सकिने प्रावधान नियमावलीमा छ।

१० महिनामा ११ खर्ब घाटा शीर्षकको समाचारमा विलासिताका वस्तुको आयात र कृषिको परनिर्भरताले मुलुकको व्यापार घाटा बढेको छ। १० महिनामा ११ खर्ब व्यापार घाटा भएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा १२ खर्ब ५६ अर्ब ६७ करोडको व्यापार भयो।

त्यसमा आयात ११ खर्ब ७८ अर्ब १३ करोड र निर्यात ७८ अर्ब ५३ करोड रुपैयाँको भएको छ। जसमध्ये १० खर्ब ९९ अर्ब ६० करोड घाटा भएको हो। अघिल्लो वर्षको १० महिनाको तुलनामा २०.०६ प्रतिशतले व्यापार घाटा बढेको छ। आर्थिक वर्ष २०७४/०७५ को १० महिनामा व्यापार घाटा ९ खर्ब १५ अर्ब ९० करोड पुगेको थियो।

विज्ञका अनुसार व्यापार घाटा बढ्नुमा मुख्यतः आयात वृद्धि नै हो। ‘निर्यात बढ्नुपर्थ्यो, उच्च दरले वृद्धि हुन सकेको छैन,’ पूर्वअर्थ सचिव शान्तराज सुवेदीले भने, ‘आयात र निर्यातबीचको ‘ग्याप’ बढी भयो।’

व्यापार घाटा निरुत्साहित गर्न स्वदेशी वस्तुको उत्पादन गरी आयात घटाउने नीति बनाउनुपर्ने सुवेदीले बताए। ‘विलासिताका वस्तुको आयात बढ्दो छ। त्यसमा कर वृद्धि गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्न सकिन्छ,’ उनले भने, ‘त्यसो हुँदा आयात–निर्यातको ग्यापमा कमी हुन सक्छ।’

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ७ : ३२ बजे

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान

अबुजा– कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले