बेपत्ता युवा छ दिनपछि मृत फेला « Khabarhub

बेपत्ता युवा छ दिनपछि मृत फेला


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् ।

उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता बनेका राई शनिबार सोही गाउँपालिकाको आँपटार घुम्ने भन्ने ठाउँमा मृत फेला परेका हुन् ।

मादक पदार्थ सेवन गरेर नशा लागेको बेला लडेर मानसिक सन्तुलन गुमाएका राईलाई जिल्ला अस्पतालमा उपचारमा लगेर घर ल्याउने क्रममा राति पिसाब फेर्न जाने भन्दै गाडीबाट ओर्लिएपछि सम्पर्कविहीन बनेका थिए । उनको शव आँपडाँडाभन्दा दुई घण्टा टाढा पर्ने घुम्नेमा अप्ठ्यारो भीरमा फेला परेको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका वडाध्यक्ष राजदेश राईले बताए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । उनको खोजीका लागि आफन्तले जिल्ला प्रहरी कार्यालयमा र २ मंसिरमा जाहेरी दिएका थिए ।

२८ कात्तिकमा बारीको कान्लाबाट लड्दा अनुहार र टाउकोको भित्री भागमा गम्भीर असर पुग्दा उनको मानसिक सन्तुलन गुमेको थियो । मानसिक सन्तुलन गुमाएर ‘अस्थिर’ र बेहोसमा कुरा गर्न थालेपछि उनलाई गाडी रिजर्भ गरेर अस्पताल लगिएको थियो । अस्पतालमा उपचारमा राखेकै बेला पनि निस्केर हिँडेका उनी गाईघाटको शिवालय टोलमा भेटिएका थिए । पुन उपचारमा लैजान खोज्दा ‘ठिकै छु, घर जान्छु’ भनेपछि उनलाई गाडीमा हिँडाइएको थियो ।

३० कात्तिकमा विप्लव नेतृत्वको नेकपा माओवादीले बन्द आह्वान गरेका कारण उनलाई अघिल्लो दिन राति गाईघाटबाट खोटाङ हिँडाइएको वडाध्यक्ष राईले बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १० : ३७ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका