अन्य दुई प्रदेशलाई पाल्न सक्ने क्षमता छ : मुख्यमन्त्री केसी « Khabarhub

अन्य दुई प्रदेशलाई पाल्न सक्ने क्षमता छ : मुख्यमन्त्री केसी


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश देशमा शक्तिशाली हुने आधार रहेको बताएका छन्। उनले १२ जिल्लामध्ये छ जिल्ला अन्नभण्डारका रूपमा रहेका र अन्य दुई प्रदेशलाई पाल्न सक्ने क्षमता रहेको बताएका हुन् ।

बगनासकाली गाउँपालि–८ स्थित बगनासकाली बहुउद्देश्यी सहकारी संस्थाको भवन उद्घाटन गर्दै उनले सहकारीको संरचना प्रयोग गरी ग्रामीण उद्योग विकास गर्ने आधार तय भएको बताए । उनले सहकारीमार्फत ग्रामीण क्षेत्रमा साना उद्योगको स्थापना गर्न सकिने र ग्रामीण क्षेत्रको आर्थिक चलायमान हुने उल्लेख गरे ।

सहकारीका माध्यमबाट ग्रामीण क्षेत्रमा सामाजिक एकता कायम गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउन ठूलो सहयोग गरेको मुख्यमन्त्री केसीको भनाइ थियो । विदेश तथा सहरी क्षेत्रमा रहेका युवा जन्मभूमि फर्केर सहकारीका माध्यमबाट स्वरोजगार तथा रोजगारका अवसर सिर्जना गर्ने र त्यसका लागि सरकार लगानी गर्न तयार रहेको उनले बताए ।

उनले प्रदेशभित्रका युवालाई रोजगारी तथा स्वरोजगार सिर्जना गर्न पूँजीको अभाव हुनेलाई दुई प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्न प्रदेश विकास बैंक स्थापना गर्ने तयारीमा सरकार रहेको जानकारी गराए। त्यसका लागि रु ५० करोड बजेटको व्यवस्था गरिएकोसमेत उनले बताएका छन् । उनले प्रदेश बैंक स्थापनाले यस क्षेत्रमा साना तथा ठूला उद्योग विस्तार हुने बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १२ : २० बजे

फर्केर हेर्दा २०८२ : राजनीतिसँगै आर्थिक-सामाजिक क्षेत्रमा के के भयो ?

काठमाडौं– आजदेखि नेपाली नयाँ वर्ष अर्थात् २०८३ सुरु भएको छ

९ महिनामा सरकारको खर्च आम्दानीभन्दा डेढ खर्ब बढी, पुँजीगत खर्च २३ प्रतिशत मात्रै

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिनामा सरकारको खर्च आम्दानीको तुलनामा

मध्यपूर्व युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा

एजेन्सी– रूसका विदेशमन्त्री सर्गेइ लाभरोभले मध्य–पूर्व युद्धको विषयमा सहयोग गर्ने

बालेन-रविबारे अमेरिकी रिपोर्ट : स्वार्थ प्रेरित गठजोड, उपसभामुखसहितका कुराले खटपट भएको सुनियो

काठमाडौं– अमेरिकास्थित कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस) को हालै सार्वजनिक एक

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ

तेहरान- इरानले अमेरिकी नाकाबन्दीलाई चुनौती दिएको छ। उसले फारसको खाडीमा