कांग्रेसको काठमाडौँ प्रदेशसभा अधिवेशन सम्पन्न | Khabarhub Khabarhub

कांग्रेसको काठमाडौँ प्रदेशसभा अधिवेशन सम्पन्न


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस काठमाडौँको प्रदेशसभा अधिवेशन सम्पन्न भएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँको १० निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ गरी स्थानको अधिवेशन सम्पन्न भएको हो ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबारका लागि अधिवेशन कार्यतालिका तोके पनि केही निर्वाचन क्षेत्रमा भने शनिबार नै अधिवेशन सम्पन्न भएको थियो ।

क्षेत्र नं १ (क) मा प्रल्हादबहादुर कार्की र (ख) मा सुमनकुमार श्रेष्ठ, क्षेत्र नं २ को (क) मा धुव्र अधिकारी र (ख) मा उद्धव खड्का, क्षेत्र नं ३ को (क) मा श्रीराम चालिसे र (ख) मा विमल ठकुरी, क्षेत्र नं ४ को  (क) मा विमलकुमार होडा र (ख) मा रामप्रसाद लुइँटेल सभापतिमा विजयी भएका छन् ।

यस्तै क्षेत्र नं ५ को (क) मा दिनेश डङ्गोल र (ख) मा राजु खड्का, क्षेत्र नं ६ को (क)  मा ख्यामराज तिवारी र (ख) मा विष्णुभक्त तिमल्सिना, क्षेत्र नं ७ को  (क) मा नवीन मानन्धर र (ख) मा वासुदेव लामा सभापतिमा निर्वाचित भएका छन् ।

यसैगरी क्षेत्र नं ८ को (क) मा ईन्द्रमानसिंह सुवाल र (ख) मा शिव खनाल, क्षेत्र नं ९को (क) मा मोहनबहादुर बस्नेत र (ख) मा राजेन्द्र भट्टराई तथा क्षेत्र नं १० को (क) मा शैलेश मानन्धर र (ख) मा धर्मानन्द श्रेष्ठ निर्वाचित भएका छन् ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचन क्षेत्रको अधिवेशन मङ्सिर ६ गते, जिल्ला अधिवेशन मङ्सिर १० गते, प्रदेश अधिवेशन मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १ : ०७ बजे

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ

राँझा– हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको

जेन-जी आन्दोलन : आगजनी र लुटपाटमा संलग्न १३ जनाविरुद्ध किटानी जाहेरी

सुनसरी– जेन-जी आन्दोलनको नाममा गत भदौ २४ गते अराजक समुहले

पर्वतको जलजलामा ‘होम डेलिभरी’ शून्य

पर्वत– जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको

मन्त्री घिसिङद्वारा जलेका सवारिसाधन व्यवस्थापन गर्न निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको