कांग्रेसको काठमाडौँ प्रदेशसभा अधिवेशन सम्पन्न « Khabarhub

कांग्रेसको काठमाडौँ प्रदेशसभा अधिवेशन सम्पन्न


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस काठमाडौँको प्रदेशसभा अधिवेशन सम्पन्न भएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँको १० निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ गरी स्थानको अधिवेशन सम्पन्न भएको हो ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबारका लागि अधिवेशन कार्यतालिका तोके पनि केही निर्वाचन क्षेत्रमा भने शनिबार नै अधिवेशन सम्पन्न भएको थियो ।

क्षेत्र नं १ (क) मा प्रल्हादबहादुर कार्की र (ख) मा सुमनकुमार श्रेष्ठ, क्षेत्र नं २ को (क) मा धुव्र अधिकारी र (ख) मा उद्धव खड्का, क्षेत्र नं ३ को (क) मा श्रीराम चालिसे र (ख) मा विमल ठकुरी, क्षेत्र नं ४ को  (क) मा विमलकुमार होडा र (ख) मा रामप्रसाद लुइँटेल सभापतिमा विजयी भएका छन् ।

यस्तै क्षेत्र नं ५ को (क) मा दिनेश डङ्गोल र (ख) मा राजु खड्का, क्षेत्र नं ६ को (क)  मा ख्यामराज तिवारी र (ख) मा विष्णुभक्त तिमल्सिना, क्षेत्र नं ७ को  (क) मा नवीन मानन्धर र (ख) मा वासुदेव लामा सभापतिमा निर्वाचित भएका छन् ।

यसैगरी क्षेत्र नं ८ को (क) मा ईन्द्रमानसिंह सुवाल र (ख) मा शिव खनाल, क्षेत्र नं ९को (क) मा मोहनबहादुर बस्नेत र (ख) मा राजेन्द्र भट्टराई तथा क्षेत्र नं १० को (क) मा शैलेश मानन्धर र (ख) मा धर्मानन्द श्रेष्ठ निर्वाचित भएका छन् ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचन क्षेत्रको अधिवेशन मङ्सिर ६ गते, जिल्ला अधिवेशन मङ्सिर १० गते, प्रदेश अधिवेशन मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १ : ०७ बजे

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा

संसद् बैठक बोलाउन कार्यव्यवस्था समितिको बैठक मंगलबार बस्ने

काठमाडौं– संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्य व्यवस्था परामर्श समितिको

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने

संसद् बैठक बोलाउन सभामुखसँग छलफल गर्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसद्को बैठक आह्वान गर्न सभामुखसँग