सही र सत्य सूचना प्रवाह गर्न सञ्चार जगतले महत्वपूर्ण भूमिका खेल्नु गर्नुपर्छ : मन्त्री श्रेष्ठ « Khabarhub

सही र सत्य सूचना प्रवाह गर्न सञ्चार जगतले महत्वपूर्ण भूमिका खेल्नु गर्नुपर्छ : मन्त्री श्रेष्ठ


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सही र सत्य सूचना प्रवाह गर्ने दायित्व पुरा गर्न सञ्चार जगत जिम्मेवार बन्नुपर्ने बताएकी छन् ।

प्रेस सेन्टर नेपाल रेडियो नेपाल शाखाको आइतबार भएको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले विकास र सुधारका साझा सवालमा विषय कसले उठायो भन्ने नहेरी राम्रा कामका लागि संयुक्त प्रयासमा अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

मन्त्री श्रेष्ठले रेडियो नेपाल लगायतका सरकारी सञ्चार माध्यमहरुले संविधान अनुसार ऐन, कानुन र नियमावलीहरु समय सापेक्ष बनाउनुपर्नेमा पनि जोड दिइन् ।

मन्त्री श्रेष्ठले सरकारी संचारमाध्यमहरु पूर्वाग्राही बन्न नहुने भन्दै निष्पक्ष भएर सही सूचना प्रवाह गर्ने भूमिका निर्वाह गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताइन् ।

उनले प्रशारण पहुँचमा बृद्धि, गुणस्तरीय विषयवस्तु प्रशारण र मर्यादित पत्रकारिताको विकास गर्न रेडियो नेपालले महत्वपूर्ण भूमिका खेल्नुपर्ने पनि बताइन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ५ : ०३ बजे

ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ

जनकपुरधाम– दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको

सिनामङ्गलबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित ६८८औँ हप्तामा

ब्राउन सुगरसहित एक जना पक्राउ

झापा– झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना

मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

जनकपुरधाम– यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब

विष्णु पौडेलको रिहापछि अदालतप्रति रास्वपा सांसद यज्ञमणिको आक्रोश– ‘निर्मम समीक्षा गर्ने बेला भयो’

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष