टिभी सञ्चालनको अनुमति लिइनसकेको पतञ्जलि योगपीठले स्वीकार्‍यो | Khabarhub Khabarhub

टिभी सञ्चालनको अनुमति लिइनसकेको पतञ्जलि योगपीठले स्वीकार्‍यो


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार एक कार्यक्रमका उद्घाटन गरेका भारतीय टिभी च्यानल विवादबारे टिभी च्यानल सञ्चालक संस्था पतञ्जलि योगपीठले प्रष्टीकरण दिएको छ ।

प्रधानमन्त्री देउवाले उद्घाटन गरेका च्यानलले अनुमति नै नलिएको खुलेपछि यो विषय विवादित बनेको छ । पतञ्जलि योगपीठ नेपालका आईटी इन्चार्ज सन्दीप वाल्मीकिले आइतबार एक विज्ञप्ति जारी गर्दै च्यानल उद्घाटनबारे प्रष्टीकरण दिएका छन् ।

उनले टिभीसञ्चालनको उद्घाटन नै नभएको दाबी गरेका छन् । उनले टिभी सञ्चालनका लागि बनेको भवनको मात्र उद्घाटन गरिएको बताएका छन् । नेपालको कानूनअनुसार सबै विधि प्रक्रिया पूरा गरेर टिभी च्यानल सञ्चालन गरिने उनले बताएका छन् ।

यसैबीच सूचना तथा प्रसारण विभागले यो प्रक्ररणमा एकजना निर्देशकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरी स्थलगत अध्ययन थालेको छ ।

भारतीय योग गुरु बाबा रामदेव तथा पीठका प्रमुख आचार्य बालकृष्णसहित नेपाल आएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ७ : २१ बजे

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ । बैठकअघि प्रधानमन्त्री

कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

रसुवा – कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु

अर्घाखाँचीमा घर प्लास्टर गर्दा खसेर एक मजदुरको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीमा घर प्लास्टर गर्ने क्रममा खसेर एक मजदुरको

सर्वोउत्कृष्ट १० कविता पुरस्कारका लागि सिफारिस

काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले सर्वोउत्कष्ट १० कविता पुरस्कारका लागि

विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा पौडेल नियुक्त

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर रोहित