टिभी सञ्चालनको अनुमति लिइनसकेको पतञ्जलि योगपीठले स्वीकार्‍यो « Khabarhub

टिभी सञ्चालनको अनुमति लिइनसकेको पतञ्जलि योगपीठले स्वीकार्‍यो


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार एक कार्यक्रमका उद्घाटन गरेका भारतीय टिभी च्यानल विवादबारे टिभी च्यानल सञ्चालक संस्था पतञ्जलि योगपीठले प्रष्टीकरण दिएको छ ।

प्रधानमन्त्री देउवाले उद्घाटन गरेका च्यानलले अनुमति नै नलिएको खुलेपछि यो विषय विवादित बनेको छ । पतञ्जलि योगपीठ नेपालका आईटी इन्चार्ज सन्दीप वाल्मीकिले आइतबार एक विज्ञप्ति जारी गर्दै च्यानल उद्घाटनबारे प्रष्टीकरण दिएका छन् ।

उनले टिभीसञ्चालनको उद्घाटन नै नभएको दाबी गरेका छन् । उनले टिभी सञ्चालनका लागि बनेको भवनको मात्र उद्घाटन गरिएको बताएका छन् । नेपालको कानूनअनुसार सबै विधि प्रक्रिया पूरा गरेर टिभी च्यानल सञ्चालन गरिने उनले बताएका छन् ।

यसैबीच सूचना तथा प्रसारण विभागले यो प्रक्ररणमा एकजना निर्देशकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरी स्थलगत अध्ययन थालेको छ ।

भारतीय योग गुरु बाबा रामदेव तथा पीठका प्रमुख आचार्य बालकृष्णसहित नेपाल आएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ७ : २१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले