नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्टमा नेपाली र भारतीय कलाकारको प्रस्तुति | Khabarhub Khabarhub

नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्टमा नेपाली र भारतीय कलाकारको प्रस्तुति


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डीएभी सुशील केडिया विश्व भारती स्कूल, काठमाडौँ र संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौँले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट आइतबार काठमाडौँमा आयोजना गरेको छ।

कार्यक्रमको उद्घाटन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले गरेका थिए । यसमा डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडिया र भारतीय दूतावासका प्रथम सचिव (प्रेस, सूचना र संस्कृति) नवीन कुमारको उपस्थिति थियो।

मन्तव्यका क्रममा लोसपा अध्यक्ष ठाकुरले भारत र नेपालको साझा सांस्कृतिक सम्पदा र दुई मित्रतापूर्ण छिमेकीहरूबीचको सदियौं पुरानो सम्बन्धलाई प्रवर्द्धन र संरक्षण गर्न युवा कलाकार र विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए। सो अवसरमा बोल्दै प्रथम सचिव नवीन कुमारले भारत र नेपालका कलाकारहरुको रमाइलो प्रस्तुति र आफ्नो कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन योगदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा भारतका चर्चित कलाकारहरू गायिका डा रञ्जना झा, नर्तकहरू यामिनी शर्मा र रिजुला मिश्र तथा नेपालका स्वजन रघुवंशी समूहले आफ्नो प्रस्तुतिले दर्शकहरूलाई मोहित पारेका थिए। भारत र नेपालका सीबीएसई स्कूलका युवा विद्यार्थीहरूले पनि सांस्कृतिक प्रदर्शनी प्रदर्शन गरेका थिए।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ७ : ३४ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको