देउवाको निर्देशन : पार्टीलाई बलियो बनाउनु छ, आपसमा चुनाव नलड्नू | Khabarhub Khabarhub

देउवाको निर्देशन : पार्टीलाई बलियो बनाउनु छ, आपसमा चुनाव नलड्नू


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई पार्टीको महाधिवेशनमा सहमतिबाट नेतृत्व छान्न आग्रह गरेका छन् ।

आइतबार सुनसरीको देवानगञ्ज गाउँपालिको नवनिर्मित भवनको उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले पार्टीको आन्तरिक चुनावमा लडेर नेतृत्व छान्नुभन्दा सहमतिबाटै निकास निकाल्नु पर्नेमा जोड दिए ।

उनले सकेसम्म सहमति गर्न आग्रह गर्दै चुनाव गर्नै परे हार जितलाई सामान्य रूपमा लिन पनि आम कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘पालिका, जिल्ला प्रदेश, केन्द्रमा तपाईंहरू नेतृत्वमा आउँदा सहमतिमा आउनुस् । पार्टीलाई जोगाउनु छ, बलियो बनाउनु छ । त्यसैले एक अर्कामा द्वन्द्व सिर्जना नगर्नुस् । मिलेर आउनुस् ।’

प्रधानमन्त्री देउवाले सुनसरी खोलाका कारण बर्षौदेखि डुबानमा पर्दै आएका जनतालाई जोगाउन आगामी वर्षको बजेटमा समेट्ने आश्वासन दिए । देवानगञ्ज गाउँपालिका छिमेकी देश भारतसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको बताउँदै उनले खुल्ला सीमाना भएकै कारण नेपालको धेरै राजश्व गुमेको बताए । त्यस नाकालाई व्यवस्थित गर्न आगामी दिनमा राज्यले थप पहल गर्नेसमेत बचन दिए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १० : २५ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न