प्रधानन्यायाधीशले तोके १३ इजलासमा ४५४ मुद्दा « Khabarhub

प्रधानन्यायाधीशले तोके १३ इजलासमा ४५४ मुद्दा


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज पेसी तोकेका छन् ।

उनले आज १२ संयुक्त र एउटा एकल इजलासमा गरी ४५४ मुद्दामा पेसी तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् ।

अदालनतकाअनुसार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलास बस्नेछ ।

झन्डै एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले आज सोमबार प्रधानन्यायाधीशलाई महाभियोग लगाएर हटाउनुपर्ने माग गर्दै प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत बारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षणपत्र बुझाउन लागेको हो ।

सर्वोच्च अदालतमा धर्ना दिँदै आएको बारले अहिले आन्दोलनमा देशव्यापी बनाएको छ । आज सोमबार पनि कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : ५३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै