बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु « Khabarhub

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृत्यु भएको छ ।

सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा४छ ७७६६ नम्बरको बसले ०२०२० बा प्र २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।

बसको ठक्करबाट बस्नेतको मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार छन् । मृतक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुन् । शव परीक्षणका लागि मेलम्ची ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १२ : २५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको