‘अनुपमा’ अभिनेत्री माधवीको निधन « Khabarhub

‘अनुपमा’ अभिनेत्री माधवीको निधन


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– टेलिभिजन सिरियल ‘अनुपमा’मा रुपाली गांगुलीको आमाको भूमिकामा अभिनय गर्ने माधवी गोगटेको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमित भएपछि मुम्बईको सेवेन हिल्स अस्पतालमा भर्ना भएकी उनको सोही अस्पतालमा निधन भएको हो ।

माधवी ५८ वर्षकी थिइन् । उनले कैयौं टेलिसिरियलमा अभिनय गरेकी थिइन् । रुपालीले माधवीको सम्झना गर्दै सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेखेकी छन् । माधवीले सुरुवाती समयमा अनुपमाको आमाको भूमिका निभाएकी थिइन् । पछि उनको स्थानमा सविता प्रभुनेलाई लिइएको थियो ।

माधवी टेलिभिजन उद्योगमा लामो समय सक्रिय रहिन् । उनले एकता कपुरको सिरियल ‘कहीँ तो होगा’बाट लोकप्रियता पाएकी थिइन् । यो सिरियलमा उनले सूजलको आमाको भूमिका निर्वाह गरेकी थिइन् । माधवीले ‘कोई अपना सा’, ‘ऐसा कभी सोचा ना था’लगायतमा पनि अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १२ : २४ बजे

सी जिनपिङको तीनदिने अमेरिका भ्रमण सुरु

वासिङ्टन- चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबारदेखि अमेरिकाको तीनदिने राजकीय भ्रमण सुरु

परराष्ट्रमन्त्री खनाल स्वागत समारोहमा सहभागी

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राजा महेन्द्रको भ्रमणले फेरिएको अमेरिकी प्रोटोकल

राजा महेन्द्र २०१६ सालमा अमेरिकी राष्ट्रपति ड्वीट डेभिड आईजनहावरको निमन्त्रणामा

मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यही असोज ९ देखि

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

संयुक्त राष्ट्रसङ्घ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘नष्ट’ गर्न सक्ने