‘अनुपमा’ अभिनेत्री माधवीको निधन « Khabarhub

‘अनुपमा’ अभिनेत्री माधवीको निधन


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– टेलिभिजन सिरियल ‘अनुपमा’मा रुपाली गांगुलीको आमाको भूमिकामा अभिनय गर्ने माधवी गोगटेको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमित भएपछि मुम्बईको सेवेन हिल्स अस्पतालमा भर्ना भएकी उनको सोही अस्पतालमा निधन भएको हो ।

माधवी ५८ वर्षकी थिइन् । उनले कैयौं टेलिसिरियलमा अभिनय गरेकी थिइन् । रुपालीले माधवीको सम्झना गर्दै सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेखेकी छन् । माधवीले सुरुवाती समयमा अनुपमाको आमाको भूमिका निभाएकी थिइन् । पछि उनको स्थानमा सविता प्रभुनेलाई लिइएको थियो ।

माधवी टेलिभिजन उद्योगमा लामो समय सक्रिय रहिन् । उनले एकता कपुरको सिरियल ‘कहीँ तो होगा’बाट लोकप्रियता पाएकी थिइन् । यो सिरियलमा उनले सूजलको आमाको भूमिका निर्वाह गरेकी थिइन् । माधवीले ‘कोई अपना सा’, ‘ऐसा कभी सोचा ना था’लगायतमा पनि अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १२ : २४ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल