समीरविरुद्ध मुद्धा हाल्दै शाहरुख « Khabarhub

समीरविरुद्ध मुद्धा हाल्दै शाहरुख


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– अभिनेता शाहरुख खानले नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)का उच्च अधिकारी समीर वानखण्डेविरुद्ध मुद्धा हाल्ने तयारी गरेका छन् । मुम्बईबाट गोवा जाँदै गरेको पानीजहाजमा रेव पार्टी गरिरहँदा शाहरुखका छोरा आर्यनसहित ८ जनालाई गत अक्टोबर ३ मा एनसीबीको टोलीले छापा मारेर पक्राउ गरेको थियो ।

एनसीबीले आर्यनसहित उनका साथी अरबाज मर्चेन्ट र मुनमुन धामेचाले लागुऔषध प्रयोग गरेको दाबी गर्दै अदालतमा मुद्धा दर्ता गराएको थियो । पक्राउ परेपछि आर्यन करिब २५ दिनसम्म मुम्बई आर्थर रोड जेलमा बसेका थिए ।

छोरा आर्यन जेलमा परेपछि शाहरुख र उनकी पत्नीको अवस्था तनावपूर्ण बनेको थियो । तर गत अक्टोबर २८ मा अदालतले आर्यनलाई जमानतमा रिहा गरेपछि उनी तारिख धाउदै थिए । छोराको विषयमा मौन रहेका शाहरुखले अब भने आफ्नो मौनता तोड्ने भएका छन् ।

समाचारअनुसार शाहरुख आफ्नो कानूनी टिममार्फत समीरविरुद्ध अदालत जाने तयारीमा छन् । आर्यनका विषयमा गत शनिबारमात्र बम्बे उच्च अदालतले आर्यनविरुद्ध कुनै प्रमाण फेला नपरेको र ह्वाट्सएपमा पनि कुनै शंकास्पद च्याट नभेटिएको जनाएको थियो ।

अदालतको निर्णयले राहतको श्वास फेरेका शाहरुख आर्यनलाई पक्राउ गर्नुपर्ने कारण माग गर्दै समीरविरुद्ध अदालत जाँदैछन् । आर्यनसहित उनका साथीहरुलाई पक्राउ गर्नमा समीरको प्रमुख हात रहेको शाहरुखको बुझाई छ । त्यसो त शाहरुखले आफैं पनि समीरका कारण कुनै बेला एयरपोर्टमा एक लाख रुपैंयाँ राजस्व तिर्नुपरेको थियो ।

शाहरुख निकट एक साथीका अनुसार शाहरुख चाँडोभन्दा चाँडो समीरविरुद्ध अदालत जाँदैछन् । ‘आर्यनविरुद्ध एनसीबीले गलत प्रमाण पेश गरेपछि शाहरुख त्यसकाविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीमा छन्’, ती साथीले भनेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १२ : ४२ बजे

सी जिनपिङको तीनदिने अमेरिका भ्रमण सुरु

वासिङ्टन- चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबारदेखि अमेरिकाको तीनदिने राजकीय भ्रमण सुरु

परराष्ट्रमन्त्री खनाल स्वागत समारोहमा सहभागी

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राजा महेन्द्रको भ्रमणले फेरिएको अमेरिकी प्रोटोकल

राजा महेन्द्र २०१६ सालमा अमेरिकी राष्ट्रपति ड्वीट डेभिड आईजनहावरको निमन्त्रणामा

मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यही असोज ९ देखि

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

संयुक्त राष्ट्रसङ्घ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘नष्ट’ गर्न सक्ने