ओखलढुंगाको दुवै क्षेत्रमा संस्थापन पक्षको प्यानलै विजयी | Khabarhub Khabarhub

ओखलढुंगाको दुवै क्षेत्रमा संस्थापन पक्षको प्यानलै विजयी


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनमा शेरबहादुर देउवा पक्षीय उम्मेदवारको प्यानलै निर्वाचित भएको छ । देउवा समर्थित समूहको जिल्ला सभापतिका उम्मेदवार तेजेन्द्र खनाल समूहको प्यानलै निर्वाचित भएको हो ।

खनाल नेतृत्वको क्षेत्रीय समितिका पदाधिकारी तथा प्रदेश प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र १ क मा सन्तोषबाबु थापाको प्यानलै विजयी भएको छ । उनका प्रतिद्वन्द्धी होमबहादुर कार्की थिए । थापाले खसेको १३ सय ५८ मतमध्ये तीन सय ६९ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी पुराना नेता होमबहादुर कार्कीले दुई सय ७७ मत मात्रै ल्याएका थिए ।

उपसभापतिमा कृष्णप्रसाद कोइराला चार सय एक मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी केशरबहादुर गुरुङले तीन सय ८८ मत ल्याए । सचिवमा उमंग श्रेष्ठ तीन सय ९० र ऋषिकुमार चौलागाईले तीन सय ६६ मत ल्याएर विजयी भएका छन् । सहसचिवमा दोर्ची शेर्पा तीन सय ८४ मत र पुष्कर थापा तीन सय ५९ मत ल्याएर विजयी भएका छन् ।

प्रदेश निर्वाचन क्षेत्रुक मा देउवा पक्ष तेजेन्द्र खनाल प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । बालकृष्ण दाहाल प्यानलका सबै उमेदवार पराजित भएका छन् ।

निर्वाचन क्षेत्र ख मा ६ सय ६७ मत खसेकोमा ४३ मत बदर भएको थियो । यो क्षेत्रमा तीन सय ३४ मत ल्याएर आश्राचन राई विजयी भएका छन् । उनका प्रतिस्पर्धी कुलबहादुर श्रेष्ठले दुई सय ९१ मत ल्याएका थिए ।

उपसभापतिमा चार सय दुई मत ल्याएर विष्णुकुमार कार्की र तीन सय ६० मत ल्याएर रुद्रप्रसाद घिमिरे विजयी भएका छन् । सचिवमा कल्याण राई तीन सय ७८ मत र केशरबहादुर तामाङ तीन सय ५६ मत ल्याएर विजयी भएका छन् ।

सहसचिवमा नरध्वज खड्का तीन सय २५ मत र नवीनकुमार खड्का तीन सय ७६ मत ल्याएर विजयी भएका छन् । बालकृष्ण दाहाल पक्षका दुई जना प्रदेश प्रतिनिधिका उम्मेदवार मात्रै विजयी भएका छन् । यो पक्षका विन्दा बोगटी र गोविन्द गिरी मात्रै निर्वाचित भए । यो समूहलाई वर्तमान जिल्ला सभापति प्रदिपकुमार सुनुवारको समर्थन थियो ।

क्षेत्रको परिणामले प्रभाव

क्षेत्रीय समितिको मत परिमाणले जिल्लाको म‌ंगलबार हुने निर्वाचनमा समेत प्रभाव पार्ने अनुमान छ । दुई कार्यकाल सभापति चलाएका प्रदिप सुनुवारको समर्थन रहेकाले संस्थापन पक्ष निकै बलियो देखिएको छ । उनले वर्तमान जिल्ला उपसभापति तेजेन्द्र खनालको नेतृत्वमा प्यानलै उम्मेदवार बनाएका छन् ।

कोइराला पौडेल समूहका उम्मेदवारका हिसाबले निकै पुराना र राजनीतिक रुपमा स्थापित नेता बालकृष्ण दाहाल हेभीवेट मानिएका छन् । उनी यसअघि सुनुवारसँगै पराजित भएका थिए ।

जिल्लामा मनोनयन हुँदै

जिल्ला नेतृत्वका लागि मनोनय सुरू भएको छ । मंगलबार हुने मतदानका लागि मनोनयन सुरू भएको हो । जिल्लामा पनि स‌ंस्थापन र कोइराला पौडेल समूहको प्यानलै उम्मेदवारी दर्ता गर्ने तयारी छ । सोमबार साँझसम्म जिल्ला समिति तथा महाधिवेशन प्रतिनिधिको मनोनयन तथा अन्तिम नामावली प्रकाशन हुनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  २ : २३ बजे

चाडपर्वलाई तडकभडकको प्रतिस्पर्धा नबनाऔँ : रेग्मी

काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको

दशैँलाई कोसेली मुस्ताङी स्याउ

म्याग्दी– म्याग्दीको बेनीका अर्जुन सुवेदीले दशैँमा घरमा खान, पाहुुनालाई प्रसाद

दशैँमा सन्तुलित भोजन गरौं, नयाँ नयाँ ठाउँ घुमौं

झोल हालेर मासु, तारेर मासु, सुकाएर मासु, अचार बनाएर मासु

प्रत्येक वर्ष आँखा जचाउन तिलगङ्गा प्रतिष्ठानको आग्रह

काठमाडौं– तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र

देशका अधिकांश भूभागको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशीलगायत