विश्वकप एसिया छनोट : नेपाल हङकङसँग पराजित « Khabarhub

विश्वकप एसिया छनोट : नेपाल हङकङसँग पराजित


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १०५ रनको लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो ।

हङकङको जितमा मारिको हिलले सर्वाधिक ४२ रन बनाइन् । त्यस्तै, क्यारी चन १७ र नताशा मिलेसले १६ रन जोडिन् । नेपालकी कविता कुँवर, सीता रानामगर र सबनम राईले समान एकएक विकेट लिए ।

यसअघि दुवईको आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १०४ रन बनाएको थियो । नेपालका लागि सीता राना मगरले ४० रन बनाएकी थिइन् । यस्तै, इन्दु बर्माले ३१ जोडेकी थिइन् । हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एकएक विकेट हात पारे ।

 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ३ : ०० बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको