डिफेण्डिङ च्याम्पियन मछिन्द्रको विजयी सुरुआत « Khabarhub

डिफेण्डिङ च्याम्पियन मछिन्द्रको विजयी सुरुआत


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।

सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुआत गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बलले दुई गोल गरे । एनआरटीका एरिक विष्टले एक गोल फर्काए ।

खेलको १२ औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । दोस्रो हाफको ५४ औं मिनेटमा एरिक विष्टले फ्रिकिकबाट गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा फर्काए । ६२ औं मिनेटमा मछिन्द्रका सुनिलले गोल गरेका थिए । तर, अफसाइड रहेपछि उनको गोलले मान्यता पाएन ।

त्यसपछि खेलको ८० औं मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–१ को जित दिलाए । जितसँगै मछिन्द्रले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । मछिन्द्र तालिकाको दोस्रो स्थानमा रहेको छ । एनआरटीले भने हारबाट लिगको सुरुआत गरेको छ ।

त्यसअघि सोमबार नै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको विभागीय डर्बी १–१ गोलको बराबरीमा सकिएको हो । खेलको ५१ औं मिनेटमा सन्तोष हेमरामले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६१ औं मिनेटमा परिवर्तित खेलाडी विवेक बस्नेतले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै आर्मी र पुलिसले १–१ अंक पाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ८ : २० बजे

पुनर्वास नगरपालिकाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण

कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिकाले सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री

मेसीका लागि किन खास छ अर्जेन्टिनी टोली ?

काठमाडौँ – विश्वकप फुटबल २०२६ सकिनका लागि अब तीन खेल

हुप्सेकोटका पहिरो विस्थापित अझै पनि अस्थायी शिविरमा

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८

रौतहटमा एक युवाले गरे आत्मदाह प्रयास, थप उपचारका लागि कीर्तिपुर रिफर

काठमाडौँ – रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर

नसर्ने रोगको जोखिम कम गर्नुपर्नेमा जोड

काठमाडौँ– नेपालमा बढ्दो नसर्ने रोगको जोखिमलाई कम गर्न स्वास्थ्य सेवाको